२७ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

भारतीय मुद्रा प्रतिवन्धबारे नेपालसँग कुरा भएको छैनः भारतीय विदेश मन्त्रालय

काठमाण्डौ – भारतीय विदेश मन्त्रालयले नेपालले २ हजार, ५०० र २०० दरका भारतीय मुद्रामा लगाएको प्रतिवन्ध पश्चात नेपाल सरकारसँग कुनै पनि संवाद नभएको जनाएको छ। 

भारतको माथिल्लो सदन राज्यसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै त्यहाका विदेश राज्यमन्त्री भिके सिंहले नेपालमा भारतीय नोट प्रतिवन्धका विषयमा नेपाली पक्षसँग कुनै संवाद नभएको स्पष्ट पारेका हुन । नेपाल सरकारले मन्त्रीपरिषद्को निर्णयवाट डिसेम्बर १०देखि लागू हुने गरी २०००, ५०० र २०० दरका नोटहरुको कारोवार गर्नमा रोक लगाएको थियो। 

नेपालले १०० भन्दा माथिका भारतीय मुद्रा राख्न र कारोवार गर्न गैरकानूनी हुने र नगर्न समेत सूचना निकालिसकेको छ । नेपाली पर्यटन व्यवसायीहरुले सरकारको यो निर्णयले क्यासिनो, होटल, रेष्टुराहरुको व्यवसायमा असर परेको जनाएका छन । धेरै जसो भारतीय पर्यटक सडकमार्ग हुँदै नेपाल आउने भएकाले उनीहरुलाई मुद्रा साटन निक्कै अप्ठेरो हुने गरेको छ । साथै हजारौँ नेपालीहरु कामदारको हैसियतमा भारतमा रहेकाले सरकारको यो निर्णयले उनीहरुमा समेत असर पर्ने व्यवसायीहरुको निष्कर्ष छ । 
 

 

प्रकाशित: २० पुस २०७५ १०:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App