१९ आश्विन २०८१ शनिबार
image/svg+xml

देउवा र ओलीबीच बालकोटमा वार्ता जारी

ओलीलाई भेट्न प्रधानमन्त्री देउवा कांग्रेसका अरू नेताहरूसहित बालकोट पुगेका हुन्। पछिल्लो समय देउवाले एमालेसँग निरन्तर भेटवार्ता गरिरहेका छन्।

देउवा-ओली भेटवार्ता: संसद् गतिरोध अन्त्य होला?

‘प्रधानमन्त्रीले संसद्को गतिरोध अन्त्य गरौं भन्नुभयो। ओलीले एमालेका कारण गतिरोध भएको होइन, सभामुखले जे गतिविधि गर्नुभयो, त्यो एमाले विभाजनका लागि गरिएको थियो, त्यो गल्ती सभामुखले महसुस गर्नुपर्छ, माफी माग्नुपर्छ भन्नुभयो।’

न्यायालयको विवाद वार्ताबाट समाधान गर्नुपर्छ: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले न्यायालयभित्रको विवाद वार्ता र संवादका माध्यमबाट छिटोभन्दा छिटो हल गर्नुपर्ने बताएको छ।

‘कांग्रेस–माओवादीकै कारण संक्रमणकालीन न्याय टुंगिएन’

द्वन्द्व सुरु हुँदा वा द्वन्द्वको पहिलो वर्षमा पीडित परिवारमा भएको बच्चा अहिले २६ वर्ष पुग्यो होला। एक पुस्ता नै अन्तर हुन थालिसक्यो। त्यसैले ढिलो गर्दा न्यायको अनुभूति हुँदैन। त्यसकारण पनि यो चाँडै टुंग्याउनुपर्छ। त्यसका लागि हिजो द्वन्द्वमा रहेका पक्षहरूको स्पष्ट प्रतिबद्धता इमानदारीसाथ आउनुपर्छ। त्यसैगरी छलफलबाट अघि बढिसकेको र मस्यौदासमेत तयार भएको ऐन संशोधनलाई अविलम्ब अगाडि बढाउनुपर्‍यो।

विश्वकै लामो रेडियो अन्तर्वार्ता लिएको पत्रकार निरौलाको दावी

यसअघि विश्वको लामो रेडियो अन्तर्वार्ता सन् २०११ मा अष्ट्रेलियाका पत्रकार रिचर्ड ग्लोभरले खेल विज्ञ पिटर फिट्ज्मिन्स्सँग रेडियो ७०२ एबिसी सिड्नीमा खेल क्षेत्रको विषयमा २४ घण्टा समयसम्म लिइएको रेकर्ड छ।

नेपाल–भारत सम्बन्ध थप कसिलो बनाउने सहमति

प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा कोभिड–१९ विरुद्धका साझा प्रयास, जलवायु परिवर्तनका असर न्यून गर्न संयुक्तरूपमा काम गर्नेलगायत दुई पक्षीय सम्बन्धका विविध विषयमा फलदायी कुराकानी भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।मन्त्रिमण्डललाई पूर्णता दिने तयारीमा रहेका प्रधानमन्त्री देउवाले राष्ट्रपतिलाई भेटेका हुन्।

एमाले संवाद र वार्ताबाट भाग्न खोजेको सत्ता गठबन्धनको आरोप

प्रमुख विपक्षीदल नेकपा एमाले संवाद र वार्ताबाट भाग्न खोजेको सत्ता गठबन्धनको आरोप लगाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बोलाएको सर्वदलीय बैठकमा एमालेबाहेक संसदमा रहेका सवै दल उपस्थित थिए।

परराष्ट्रमन्त्री र भारतका विदेशमन्त्रीबीच भेटवार्ता

सो अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने विषयका साथै दुई पक्षीय एवं बहुपक्षीय मामिलाबारे विचार आदानप्रदान भएको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ।

सहमति कार्यान्वयन ढिलाइ हुँदा बिपीमा तनाव बढ्दै

आन्दोलनरत पक्षले पछिल्लो समय सरकारलाई एक साताको अल्टिमेटम दिएको थियो भने समय पूरा भएपछि आन्दोलनकारीले आइतबारदेखि इमर्जेन्सी र कोभिड अस्पतालबाहेक सबै काम छोडेका छन्। जसकारण सर्वसाधारणले ओपिडीमा उपचार सेवा लिन पाएका छैनन् भने राजनीतिक दल र आन्दोलनरत पक्षबीच तिक्तता पनि बढाएको छ।

बालकविताले बालबालिकाको सांगीतिक चेतना परिमार्जन गर्न सहयोग गर्छ

बालकविता लेखन भनेको कोठामा बसेर गरिने एक्लो घोत्ल्याइँ मात्रै होइन। यसलाई ‘टेबुल वर्क’ का रूपमा मात्र नभई ’फिल्ड वर्क’ का रूपमा पनि हेरिनुपर्छ भन्ने मेरो मान्यता छ। त्यसैलै बालकविता लेखेपछि त्यसको प्रयोगशालीय परीक्षण गर्नु पनि आवश्यक छ।

सभापति देउवा र नेता पौडेलबीच भेटवार्ता हुने

पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद तत्काल टुंगो लगाई पार्टीको महाधिवेशन समयमै सम्पन्न हुने गरी प्रक्रिया सुरु गर्न दवाव दिँदै आएका वरिष्ठ नेता पौडेलले आज अपरान्ह सभापति देउवासँग भेट गर्ने समय मिलाएका हुन्।

माधव नेपाल निकट एमाले नेताहरू ओलीसँग वार्ता गर्न बालकोटमा

नयाँ पार्टी गठन गर्दा माधव नेपाललाई साथ नदिएका एमाले नेताहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालकोट पुगेका छन्।

प्रधानमन्त्री र भाजपा नेताबीचकाे भेटले एक नयाँ सुरुवात हुने महतको विश्वास

भेटमा सहभागी कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले कांग्रेस र भाजपा बीचको सम्बन्ध थप विस्तारका लागि आपसी भेट तथा पार्टीका क्रियाकलापहरू सक्रिय तुल्याउने विषयमा छलफल भएको ट्विटमार्फत जानकारी दिए।

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्