२० असार २०८१ बिहीबार
image/svg+xml

आन्दोलनकारी शिक्षक र सरकारबिचको वार्ता निष्कर्षविहीन

गृहमन्त्रीको पहलमा आन्दोलनकारी शिक्षकसँगको भएको पहिलो वार्ता निष्कर्षविहीन भएको छ।

प्रम दाहाल र संयुक्त राष्ट्रसंघका महासचिवबिच भेटवार्ता

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त राष्ट्रसंघका महासचिव महामहिम एन्टोनियो गुटेररबिच भेटवार्ता भएको छ ।

रूसी राष्ट्रपति पुटिन र टर्कीका राष्ट्रपति एर्दोआनबीच आज वार्ता हुँदै

एर्दाेआनसँगै टर्कीका रक्षा, विदेश, ऊर्जा र अर्थमन्त्रीसहितको ठूलो प्रतिनिधिमण्डल पनि सोची पुगेको टर्कीको सरकारी समाचार संस्था अनादोलुले जनाएको छ।

प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन वार्ता

आज दिउसो प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन वार्ता भएको छ। दुवै देशका प्रधानमन्त्रीबिचको टेलिफोन वार्तामा नेपाल–भारतबिच आपसी हितका विविध विषयमा समीक्षा गरिएको बताइएको छ।

कार्यवाहक प्रधानमन्त्री खड्कासँग चिनियाँ शीर्ष नेता युआनको भेटवार्ता

कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग जनवादी गणतन्त्र चीनको कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटी राजनीतिक ब्यूरोका सदस्य युआन च्या च्युनले शिष्टाचार भेटवार्ता गरेका छन्।रक्षा मन्त्रालय, सिंहदरबारमा आज भएको भेटवार्तामा कावा प्रधानमन्त्री खड्काले केही समयअगाडि मात्र जिम्मेवारी पदभार सम्हाल्नुभएकोमा उहाँलाई बधाई दिँदै उहाँको कार्यकालमा नेपाल–चीन सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए।

अर्थमन्त्री डा महत र भारतका अर्थमन्त्री सीतारमणबीच भेटवार्ता

भारतको गुजरातमा भइरहेको जी–२० मुलुकका अर्थमन्त्रीहरूको बैठकका अवसरमा अर्थमन्त्री डा प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सीतारमणबीच आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ।

भारतमा अर्थमन्त्री डा महत र चिनियाँ अर्थमन्त्रीबीच भेटवार्ता

अर्थमन्त्री डा प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच द्विपक्षीय भेटवार्ता भएको छ। भारतको गुजरातस्थित गान्धीनगरमा जारी जि–२० का अर्थमन्त्रीहरूको बैठकका क्रममा उनीहरूबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्री दाहाल र विप्लवबीच भेटवार्ता

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबिच आज बिहान भेट भएको हो।

पहिचान पक्षधर र सरकारवीच वार्ता जारी

प्रदेश सरकार र कोशी नामाकरण खारेजीको माग राख्दै आन्दोलनरत पहिचान पक्षधरबीच वार्ता सुरु भएको छ। आज विराटनगर स्थित विग होटलमा पहिचान पक्षधर नेताहरू र सरकारीवार्ता टोलिवीच वार्ता सुरू भएको हो।

बिल गेट्स र सी जिनपिङबीच शुक्रबार भेटवार्ता

माइक्रोसफ्टका सहसंस्थापक तथा समाजसेवी बिल गेट्सले शुक्रबार राष्ट्रपति सी जिनपिङसँग भेट गर्ने भएका छन्। विश्वका सबैभन्दा धनी व्यक्तिमध्येका एक गेट्स चीन भ्रमण गर्ने पश्चिमा व्यापारिक नेताहरूमध्ये एक हुन्।

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता सकियो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा भेटवार्ता भएको थियो।

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता शुरु

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा भेटवार्ता सुरु भएको हो।

भारतीय समकक्षीसँग आज दुई पक्षीय भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भारत भ्रमणका क्रममा नयाँदिल्ली पुगेका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा बुधबार दिउँसो नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँदिल्ली पुगेका प्रधानमन्त्री दाहालले उच्चस्तरीय भेटघाट सुरु गरेका हुन्।

महासंघका अध्यक्ष र संयुक्त राष्ट्रसंघका आवासीय संयोजक बीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर–हमदीबीच बिहीवार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ।

अष्ट्रेलियन सहायक विदेश मन्त्रीद्वारा प्रधानमन्त्रीसँग भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियन सहायक विदेश मन्त्री टिम वाट्सले भेटवार्ता गरेका छन्। भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्