चार दिने भारत भ्रमणको क्रममा नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री पुष्पकमल दहाल र समकक्षी नरेन्द्र मोदिबीच हैदराबाद हाउसमा भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल भएको बताइएको छ। ऊर्जा, ऊर्जा व्यापार, वाणिज्य, रेल वेलगायत विषयमा महत्त्वपूर्ण छलफल हुने र आवश्यक सहमति गर्ने तयारी रहेको छ। केही आयोजनाको उद्घाटन र शिलान्यासको कार्यक्रम पनि रहेको छ।
आजै हुने दुई देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमा भेटवार्तामा भएका छलफलबारे विस्तृत जानकारी सार्वजनिक गरिने बताइएको छ।
![](https://images.nagariknewscdn.com/third-party/1685601481_350357451_782649689928400_2780194578176653612_n.jpg)
अब केही बेरमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ। त्यस लगत्तै विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ।
प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले हैदरावाद हाउसमै आज दिवा भोज आयोजना गर्नेछन्।
![](https://images.nagariknewscdn.com/third-party/1685602857_350312468_6047713605327745_7260896127885814230_n.jpg)
प्रकाशित: १८ जेष्ठ २०८० ०६:३९ बिहीबार