१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रूसी राष्ट्रपति पुटिन र टर्कीका राष्ट्रपति एर्दोआनबीच आज वार्ता हुँदै

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिचेप तैयप एर्दोआनबीच सोमवार भेटवार्ता हुँदैछ।

टर्कीका राष्ट्रपति एर्दोआनले युक्रेनको खाद्यान्न निर्यात सम्झौतालाई पुनर्जीवित गर्ने विषयमा केन्द्रीत भएर रूसी राष्ट्रपति पुटिनसँग भेटवार्ता गर्नका लागि रूसको ब्ल्याक सी रिसोर्ट सोची पुगेको टर्कीको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

एर्दाेआनसँगै टर्कीका रक्षा, विदेश, ऊर्जा र अर्थमन्त्रीसहितको ठूलो प्रतिनिधिमण्डल पनि सोची पुगेको टर्कीको सरकारी समाचार संस्था अनादोलुले जनाएको छ।

टर्कीका नेताले बैठकअघि संक्षिप्त उद्घाटन मन्तव्य राख्ने कार्यक्रम रहेको र त्यसपछि पत्रकार सम्मेलन गरिने उनको कार्यालयले जनाएको छ।

टर्कीले संयुक्त राष्ट्रसङ्घसमर्थित सम्झौतालाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ। जसले युक्रेनी ‘ब्ल्याक सी’मा तीन बन्दरगाहबाट खाद्यान्नको सुरक्षित निकासको अनुमति दिएको छ।

रूसले जुलाईमा उक्त सम्झौताबाट हात झिकेको थियो र त्यसपछि युक्रेनी बन्दरगाहको पूर्वाधारमा पटक–पटक हवाई आक्रमण सुरु गरेको थियो।

नेटो सदस्य टर्कीले मस्को र कीएभबीचको शान्ति वार्ता पुनः सुरु गर्नका लागि अन्न सम्झौतालाई आधारको रूपमा प्रयोग गर्ने अपेक्षा गरेको छ।

अङ्काराले युद्धको दौडान दुवै पक्षसँग मैत्रीपूर्ण सम्बन्ध राख्न सफल भएको छ। उसले रूसमाथि पश्चिमा मुलुकले लगाएको प्रतिबन्धबाट पछि हटेको छ तर युक्रेनलाई हतियार आपूर्ति गरेको छ।  

प्रकाशित: १८ भाद्र २०८० ११:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App