२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल र विप्लवबीच भेटवार्ता

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबिच आज बिहान भेट भएको हो।

भेटमा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जसपाले सोमवार मोर्चाको घोषणा गरेका  छन्। सोही सन्दर्भमा रहेर आज भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: ७ असार २०८० ०३:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App