१२ मंसिर २०८१ बुधबार
image/svg+xml

भ्रष्टाचार आरोपितमाथि कडा निगरानी

अनुसन्धानको दायरामा रहेका व्यक्ति भाग्न सक्ने आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कडा निगरानी थालेको छ। भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने अनुसन्धान अधिकृतको लापरबाहीका कारण बयानकै क्रममा फरार भएपछि अख्तियारले विस्तृत अनुसन्धानको दायरामा रहेका आरोपितमाथि विशेष निगरानी सुरु गरेको हो। अकूत सम्पत्ति आर्जन, पदीय दुरुपयोगबाट भएका निर्णयलगायत आरोपमा अख्तियारले सार्वजनिक पदधारण गरेका राष्ट्रसेवक तथा बिचौलिया करिब हजारजनामाथि विस्तृत रूपमा छानबिन गरिरहेको छ।

भ्रष्टाचार आरोपित मिसेलद्धारा बयान दिन अस्विकार

भ्रष्टाचारको आरोपमा पक्राउ परेको ब्राजिलकी पूर्वराष्ट्रपति मिसेल टेमरले बयान दिन अस्विकार गरेका छन्। बयान लिनका लागि सोधिएका प्रश्नमा उनले मौन बसेर कुनैपनि जबाफ नदिएको स्थानीय अधिकारीहरुले बताएका छन्। आफूमाथी लागेको भ्रष्टाचारको आरोप अस्विकार गर्दै आएका मिसेललाई बिहीबार पक्राउ गरिएको थियो भने शुक्रबार उनीसँग बयान लिने प्रयास गरिएको थियो।

स्थानीय तहमा भ्रष्टाचार

पूर्वका १४ जिल्लाका स्थानीय तहमा भ्रष्टाचार मौलाएको छ। प्रदेश नम्बर १ का १३ जिल्ला र प्रदेश नम्बर २ को एउटा गरी १४ जिल्लाका स्थानीय तहमा भ्रष्टाचार मौलाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित क्षेत्रीय कार्यालयले जनाएको छ।

अख्तियारमा पोलिग्राफ बयान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका आरोपीसँग ‘पोलिग्राफ मेसिन’बाट बयान लिन सुरु गरेको छ। सेवाग्राहीबाट घुस असुलेको अभियोगमा सप्रमाण पक्राउ परेका तथा प्रारम्भिक छानबिनपछि अनुसन्धानमा रहेका आरोपितसँग पोलिग्राफ मेसिनको सहयोगमा बयान लिन थालिएको अख्तियारले जनाएको हो।

अधिकृतको वार्षिक कमाइ ५१ लाख !

सरकारी सेवामा कार्यरत शाखा अधिकृत(छैटौं तह)को मासिक तलबस्केल करिब ३१ हजार पाँच सय छ। तर भैरहवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत(छैटौं तह) मानप्रसाद विकले भने वार्षिक ५१ लाखभन्दा बढी कमाउँछन्।

ओली सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दैछन् : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दै जाने बताएका छन्। सरकारको गलत कामका कारण जनताको चित्त बुझाउन जनप्रतिनिधिलाई गाह्रो भएको उनले गुनासो गरे। शुक्रबार चाबहिलमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य सिंहले भने, ‘केपी ओलीजी के भन्नुहुन्छ भने म पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ। तर, मेलम्चीको ठेकेदार काम छाडेर हिँड्नुको पोल विस्तारै खुल्दै छ। किनभने मन्त्री र सचिवले कमिसन माग्दा रहेछन्।’

दुई तिहाई पाएकाे सरकारले केही गर्न सकेन : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई तिहाई बहुमत प्राप्त केपी शर्मा ओली नेतृत्वले जनताको चाहनाअनुसारको काम गर्न नसकेको आरोप लगाएका छन्।

भ्रष्टाचार रोक्न सरकार कठोर बन्छः मन्त्री बस्नेत

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। भ्रष्टाचार अन्त्य तथा सुशासन कायम गर्न सरकारले कठोर नीति लिएको उनको भनाइ थियो। सुशासन कायम गर्न सरकारले कसैसँग नकारात्मक खालका सम्झौता नगर्ने मन्त्री बस्नेले स्पष्ट पारे।

अख्तियारमा एसपीको नेतृत्वमा प्रतिजासुस युनिट

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले अख्तियारमा कार्यरत नेपाल प्रहरीका एसपीको नेतृत्वमा प्रतिजासुस युनिट गठन गरेका छन्।

भ्रष्टाचारका जेलिएका जराहरू

भ्रष्टाचार आफू र आफन्तले गर्न र लुकाउन सके ठीक हुने तर अरुले भने गर्न नहुने भनी उपदेश दिइने अपराध हो। यो सामान्य मानिसभन्दा शिक्षित, पढालेखा, जान्नेसुन्ने, पदमा रहेका, देश÷विदेश देखेका र पदमा रहेका व्यक्तिलाई प्रभाव पार्न सक्ने व्यक्तिहरूले गर्ने अपराध हो।

'नेपाली मिडिया भ्रष्टाचारविरुद्ध अग्रपंक्तिमा'

नेपाल रिपब्लिक मिडिया प्रालिकी निर्देशक शोभा ज्ञवालीले नेपालमा मिडियाको भूमिका महत्वपूर्ण रहेको बताएकी छिन्। न्यूयोर्कमा बुधबार आयोजित परिवार र सामाजिक सुरक्षा विषयक छलफल कार्यक्रममा बोल्दै ज्ञवालीले मिडियाले अग्रपंक्तिमा रहेर भ्रष्टाचार तथा गलत कार्यका विरुद्ध कलम चलाइरहेको बताइन्। नेपालमा निजी क्षेत्रका मिडियाको आगमनसँगै त्यसले प्रजातान्त्रिक प्रणालीको खबरदारीमा भूमिका खेलिरहेको बताइन्। ‘प्रजातन्त्रको पुनःस्थापनापछि मिडियाले जीवन्त बन्ने अवसर पाएका छन्,’ ज्ञवालीले भनिन्। एक दशक लामो गृहयुद्धको अन्त्यका लागि पनि नेपाली मिडियाको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो।

‘राराकाे उद्घाटन कार्यक्रममा ३७ लाख भ्रष्टाचार’

प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारातालबाट वैशाख १ गते उद्घाटन गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’मा प्रदेश सरकारले ३७ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको पाइएको छ। सार्वजनिक लेखा समितिले पाँच महिना लगाएर गरेको छानबिनका क्रममा उक्त रकम भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो।

भ्रष्टाचारविरुद्ध चित्रकला

भ्रष्टाचारविरुद्ध चेतना जगाउनका लागि युवा कलाकारहरूले सिर्जना गरेका चित्रहरूको राजधानीमा प्रदर्शन भइरहेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल(टीआई नेपाल)ले आयोजना गरेको प्रदर्शनी आइतबारबाट सुरु भई मंगलबार समापन हुनेछ।

दक्षिण कोरियाका पूर्वराष्ट्रपति जमानतमा रिहा

भ्रष्टाचारको आरोपमा थुनामा रहेका दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ–बाक माथिल्लो अदालतको आदेशपछि बुधबार जमानतमा रिहा भएका छन् ।

अपराजित नागरिक

नागरिक अपराजित हुन्छन्। नागरिक हुनुभन्दा ठूलो गौरव अरु हुन सक्दैन तर नागरिक बन्न सजिलो छैन। नागरिकताको प्रमाणपत्रले औपचारिकरूपमा नागरिकमा सामेल हुन सकिन्छ तर औपचारिकताभन्दा माथि उठेर साँचो अर्थमा नागरिकको भूमिका निर्वाह गर्न सकेको खण्डमा मात्रै नागरिक हुनुको गर्व र मर्यादा कायम गर्न सकिन्छ। त्यही गर्व र मर्यादाले मात्रै नागरिकलाई अपराजित बनाउँछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्