३ आश्विन २०८१ बिहीबार
image/svg+xml

प्रधानमन्त्रीलाई हिँडडुल गराउन थालियो

मिर्गौला प्रत्यारोपण गरिएको आज तेस्रो दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको छ। उनको स्वास्थ्यावस्थामा पनि क्रमिक सुधार भइरहेको चिकित्सकहरुले बताएका छन्।

उत्साहपूर्ण उपचार

स्वदेशी भन्दासाथ नाक खुम्च्याउने, पराइ भूमिलाई उच्च ठान्ने तर आफ्नो मातृ भूमिप्रति हेलाँ गर्ने क्रम पछिल्लो समय नेपाली परिप्रेक्ष्यमा हुर्कँदो छ। स्वास्थ्योपचार क्षेत्र पनि यसबाट अछूतो थिएन। तर बुधबार यो भ्रमलाई चिर्दै जसरी नेपाली स्वास्थ्यकर्मीको टोलीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल र सहजतवरले सम्पन्न गरे त्यसका लागि जति धन्यवाद पनि कम हुन्छ।

मिर्गौला दातामा महिला बढी

नेपालमा मिर्गौला दान गर्नेमा पुरुषभन्दा महिला अगाडि छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवैपटक मिर्गौला दान गर्ने पनि महिला हुन्।

प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार, प्रत्यारोपित मिर्गौलाले काम गर्न थाल्यो

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। प्रधानमन्त्री ओलीको बुधबार दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण गरिएको थियो।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा बुधबार उनको मिर्गौला प्रत्यारोपण गरिएको हो।

प्रधानमन्त्रीलाई एक सातासम्म चिकित्सक बाहेक अरुले भेट्न नमिल्ने

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपरण सफल भएपछि ‘आइसीयु’ मा सारिएको छ। बुधबार दिउँसो त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको हो।

प्रधानमन्त्रीलाई आईसीयूमा सारियो

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघन उपचार कक्ष (आईसीयू) मा सारिएको छ। प्राडा अरुण सायमीका अनुसार मिर्गौला प्रत्यारोपण पछि प्रधानमन्त्री ओलीलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको हो। अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर : अस्पताल

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको छ। मिर्गौलाको प्रत्यारोपण पछि त्रिवि शिक्षण अस्पतालले गरेको पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक प्रा.डा. प्रेम कृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्य स्थिर रहेको बताए।

प्रधानमन्त्रीलाई पोस्ट अपरेटिभ वार्डमा सारियो

मिर्गौलाको प्रत्यारोपण पछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोस्ट अपरेटिभ वार्डमा सारिएको छ। ओलीको आज महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल, मिर्गौलाले काम गर्न थाल्यो

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण भएको छ। प्रत्यारोपणका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पाँच घण्टा लामो शल्यक्रिया गरिएको थियो। बिहान १० बजेदेखि शल्यक्रिया सुरु भएको थियो।

प्रधानमन्त्री ओलीको शल्यक्रिया गर्न पाँच घण्टा लाग्ने

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गर्न अहिले अप्रेसन (शल्यक्रिया) भइरहेको छ। प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणको लागि काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा बुधबार बिहान १० बजेपछि शल्यक्रिया सुरु गरिएको हो।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण शुरु

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शुरु गरिएको छ।

आवश्यक सबै परीक्षण सम्पन्न

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणअघि डायलाइसिस र ल्याब परीक्षण गरिएको छ।

मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधि दिन सुरु

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधि दिन सुरु गरिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। अस्पतालले प्रेस विज्ञप्ति जारी गरी मिर्गौला प्रत्यारोपण तयारीका लागि अस्तताल भर्ना गरिएको दोस्रो दिन सम्पूर्ण परिक्षण गरी औषधि दिन सुरु गरिएको जनाएको हो।

प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्