‘खेलको बीचमा खेलाडीले मैदान छोड्दैन, सपनालाई बीचमै अलपत्र पारेर म अलप हुन्न'
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यलाई लिएर ढुक्क रहन आग्रह गरेका छन्। पुनः मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा सोमबार भर्ना हुनुपूर्व भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले केही दिनको अस्पताल बसाई र आरामपछि थप उर्जा र आत्मविश्वास लिएर काममा फर्किने विश्वास व्यक्त गरेका छन्।