४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मिर्गौला नियमित हेरचाह गरे बच्छ नत्र बिग्रन्छ

आफ्नो मिर्गौला बिग्रिरहेको छ भन्ने कुरा सुरुमै त्यत्तिकै थाहा हुँदैन। जतिबेला थाहा हुन्छ त्यतिबेला मिर्गौला धेरै बिग्रिसकेको हुन्छ। र, जसको उपचार अत्यन्त कठिन बनिसकेको हुन्छ। तसर्थ रोग लाग्नुभन्दा पहिल्यै मिर्गौला जोगाउनेतर्फ ध्यान दिनु उचित हुने चिकित्सकहरूको सुझाव छ।

बढ्दैछन् मिर्गौला रोगी

विश्व मिर्गौला दिवसका अवरमा आयोजित ¥यालीमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन्। बिहीबार टिचिङ अस्पताल महाराजगञ्जले आयोजना गरेको ¥यालीमा शर्मा अस्पतालको हाताभित्र केही समय हिँडेका थिए। सो क्रममा प्रधानमन्त्री आलीले विश्व मिर्गौला दिवसको टिसर्ट लगाएर अस्पतालको मनमोहन भवनदेखि गेटसम्म हिँडे। सो कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मिर्गौला बचाउन खानपान र व्यायममा ध्यान दिनुपर्ने बताए। कार्यक्रमको आयोजना अस्पतालको नेफ्रोलोजी विभाग र नेपाल मेडिकल विद्यार्थी समाजले गरेको थियो।

घडेरी बेचेर मिर्गौला रोगको उपचार

गरिबीसँग कहिल्यै परास्त नभएका पाँचथर फाल्गुनन्द–१ का लोकनाथ श्रेष्ठले मिर्गौलामा लागेको रोगसँग लड्न आर्थिक रूपले हार मान्नुपरेको बताएका छन्। दुवै मिर्गौला काम नलाग्ने गरी खराब भएर हाल डाइलासिस गराइरहेका २८ वर्षीय श्रेष्ठले विदेशमा पसिना बगाएर आर्जन गरेको १० धुर घडेरी समेत बेचेर मिर्गौलाको उपचार गर्नुपरेको बताए।

मिर्गौला पीडितलाई पोर्चुगलबाट आर्थिक सहयोग

दुबै मिर्गौला फेल भई उपचाररत रहेका नवलपुरका एक युवालाई नवलपुर समाज पोर्चुगलले आर्थिक सहयोग प्रदान गरेको छ।  जिल्लाको गैंडाकोट नगरपालिका – ६ का ३३ बर्षीय शक्ति प्रसाद चालिसेको उपचार सहयोगार्थ समाजले आर्थिक सहयोग गरेको हो। पीडित चालिसेको आर्थिक अभावका कारण उपचारमा समस्या देखिएपछि समाजले रकम संकलन गरी प्रवासी मुलुक पोर्चुगलबाट आर्थिक सहयोग गरेको हो।

मिर्गौला पीडित चालिसेलाई पोर्चुगलबाट एक लाख सहयोग

दुबै मिर्गौला फेल भई उपचाररत रहेका नवलपुरका एक युवालाई नवलपुर समाज पोर्चुगलले आर्थिक सहयोग गरेको छ। गैंडाकोट नगरपालिका ६ का ३३ बर्षीय शक्ति प्रसाद चालिसेको उपचारका लागि समाजले रकम संकलन गरी आर्थिक सहयोग गरेको हो।

अब्बल बन्दै त्रिवि शिक्षण अस्पताल

एक दशकअघिसम्म मिर्गौला बिगे्रका बिरामीलाई कि धेरै खर्च गरेर विदेश जानुपथ्र्यो कि त उपचार नपाएरै मृत्यु कुर्नुपथ्र्यो।

‘स्वस्थ जीवनशैली अपनाए मिर्गौला बचाउन सकिन्छ’

हाम्रो गलत जीवनशैलीको कारण नसर्ने रोगहरू बढिरहेको छ । अन्य नसर्ने रोगहरू बढेजस्तै मिर्गौला पूरै बिग्रिने समस्या पनि नेपालमा बढ्दै गएको छ । हाम्रो कुन कमजोरी या लापर्वाहीको कारण पूरै मिर्गौला बिग्रिन्छ ? यस विषयमा त्रिवि शिक्षण अस्पतालका नेफ्रोलोजिष्ट डा. महेशराज सिग्देलसँग नागरिक दैनिककी पवित्रा सुनारले गरेको कुुराकानी।

मिर्गौला दान गरेर छोराको ज्यान बचाइन धनकुमारीले

आमा मायाँकी खानी हुन्। आफ्नो सन्तानको खुसीका लागि जस्तोसुकै त्याग गर्न सक्छिन्। त्यही उदाहरण बनेकी छन् खोटाङको केपीलासगढी गाउँपालिका–३ बासपानीकी धनकुमारी दमाई।

गैरकानूनी मिर्गौला प्रत्यारोपण गरिएका बस्नेत कारागार चलान

गैरकानूनी तरिकाले मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई शुक्रबार साँझ भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।

नक्कली छोरा बनाएर मिर्गौला तस्करी

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा बनेपा नगरपालिका २ का ३० वर्षीय कुमार गिरीको पत्थरीको शल्यक्रिया गर्ने भन्दै झुक्याएर मिर्गौला निकालिएको पाइएको छ। मोरङका थर्क बस्नेतले नक्कली कागजपत्र तयार पारी छोरा बनाएर उनको मिर्गौला झिकेका हुन्। गिरीका आफन्तले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो। नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा केन्द्रले गिरीको मिर्गौला निकालेर बस्नेतलाई प्रत्यारोपण गरिदिएको थियो।

मिर्गौला प्रत्यारोपणमा ९८ प्रतिशत सफलता

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अंग प्रत्यारोपण केन्द्र) भक्तपुरले ४ सयभन्दा बढी मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ।

मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई भत्ता

सरकारले मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई जीवनवृत्ति भत्ता वितरण सुरु गरेको छ । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानअन्तर्गतको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा गई बिरामीलाई चेक हस्तान्तरण गर्दै भत्ता वितरणको औपचारिक सुरुवात गरे।

भरतपुर अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी

पछिल्लो दशकमा बढ्दो समस्याका रुपमा रहेको मिर्गौलाका बिरामीका लागि मिर्गौला प्रत्यारोपणको काम यहाँको सरकारी अस्पताल भरतपुर अस्पतालले थाल्ने तयारी गरेको छ।

मिर्गौला पीडितलाई ८ लाख सहयोग

मालारानी गाउँपालिका– २ अर्घातोषका मिर्गौला पीडित खुमानन्द भुसाललाई कोरियामा रोजगारी गर्ने युवाहरुले उपचारका लागि आर्थिक सहयोग गरेका छन्। मालारानी– ३ खनदहका कोरियामा रोजगारी गर्नेहरुले उनको उपचारका लागि आर्थिक संकलन गरी हस्तान्तरण गरेका हुन्।

मिर्गौला दलाल राजधानी छेउछाउ सक्रिय

केही वर्षअघिसम्म काभे्र जिल्लामा सक्रिय मानव अंग बेचबिखनका दलाल पछिल्लो समय राजधानी छेउछाउका गाउँमा सक्रिय बन्दै गएको सरोकारवालाले औंल्याएका छन्। जनअधिकार संरक्षण मञ्च नेपालका अनुसार पछिल्लो समय दलाल काठमाडौंका  साँखु, थली र थानकोट क्षेत्रतिर सक्रिय छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्