४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधि दिन सुरु

काठामडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधि दिन सुरु गरिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। अस्पतालले प्रेस विज्ञप्ति जारी गरी मिर्गौला प्रत्यारोपण तयारीका लागि अस्तताल भर्ना गरिएको दोस्रो दिन सम्पूर्ण परिक्षण गरी औषधि दिन सुरु गरिएको जनाएको हो।

त्यस्तै विभिन्न विषयका विशेषज्ञहरुबाट स्वास्थ्य परिक्षण गरिरहेको समेत अस्पतालले बताएको छ। प्रत्यारोपण अगाडि गरिने नियमित डायलासिस तथा ल्याव परिक्षणहरु गर्ने क्रम जारी रहेको समेत विज्ञप्तिमा उल्लेख छ। त्यस्तै स्वास्थ्य स्थिति राम्रो अवस्थामा रहको र विशेषज्ञहरुको निरन्तर निगरानीमा रहेको अस्पतालले बताएको छ।

यसैबीच प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन सरकारका केही मन्त्रीहरु मंगलबार दिउँसो त्रिवि शिक्षण अस्पताल पुगेका थिए। अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश भट्टराई अस्पताल पुगेका हुन्।

त्यस्तै भारतीय राजदूत विनयमोहन क्वात्रा पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बारे जानकारी लिन मंगलबार दिउँसो अस्तपताल पुगेका थिए।

प्रकाशित: २० फाल्गुन २०७६ १३:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App