४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रधानमन्त्रीलाई पोस्ट अपरेटिभ वार्डमा सारियो

काठमाडौं- मिर्गौलाको प्रत्यारोपण पछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोस्ट अपरेटिभ वार्डमा सारिएको छ। ओलीको आज महाराजगन्जस्थित त्रिवि शिक्षण  अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रत्यारोपणपछि गरिएको परीक्षणमा यूरिन सपोर्ट भएको चिकित्सकहरुले बताएका छन्। चिकित्सकहरुका अनुसार प्रत्यारोपण गरिएको मिर्गौलाबाट पिसाव पास भएको छ। उनलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन्। यस अघि २०६४ साउनमा भारतको एपोलो अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो

प्रकाशित: २१ फाल्गुन २०७६ १०:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App