४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अबको कोरोना संक्रमण तेस्रो लहरकै रूपमा आउने

बिहीबार राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार विज्ञप्तिमार्फत भारतमा कोरोना संक्रमण बढ्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र छिमेकी सीमा नाकाका सबै हेल्थ डेस्कमा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको जनाएको हो। ‘हामीले प्रत्येक नाकालाई निर्देशन दिइसकेका छौं। भारतबाट आउनेमा संक्रमण फेला परे जिन सिक्वेन्सिङ गर्छौैं,’ राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भने।

होमियोप्याथी: जन्मदेखि अहिलेसम्म

होमियोप्याथी अर्थात रोगको सदृश चिकित्सा विज्ञान १८औँ शताब्दीको अन्ततिरको एउटा चमत्कारी तर वैज्ञानिक चिकित्साजगत्को उपलब्धि हो।

प्रदेश सरकारले हटायो संक्रामक तथा सरुवा रोग अस्पतालका पदाधिकारी

गण्डकी प्रदेश सरकारले प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका पदाधिकारीलाई हटाएको छ। विहीबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा.कृष्णप्रसाद पौडेलसहित चारजना पदाधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो।

भ्रममा रुमलिएको मानसिक स्वास्थ्य सेवा

जनस्वास्थ्य सेवा ऐन २०७५ ले मानसिक रोगसम्बन्धी सेवालाई आधारभूत स्वास्थ्य सेवाको सूचीमा राखेको छ, साथै संविधानले आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने भनी मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ। यसो हुँदा पनि मानसिक स्वास्थ्यसम्बन्धमा धेरै तगारा छन्। तीमध्ये एक प्रमुख तगारो यस सम्बन्धमा रहेको भ्रम हो। भ्रम त्यो हो जुन मानिसले सत्य भनी ठान्छ तर त्यो गलत हुन्छ वास्तविकतामा खासगरी वैज्ञानिक सत्य आधारमा।

रुपन्देहीमा टाइफाइडविरुद्धको खोप अभियान

रुपन्देहीमा यही चैत २२ गतेदेखि २७ गतेसम्म टाइफाइड रोगविरुद्ध खोप अभियान सञ्चालन गरिने भएको छ।

विश्व क्षयरोग दिवस: हिजोका क्षयरोगी आजका अभियन्ता

हेटौडा उपमहानगरपालिका वडा ४ खोपे गल्लीकी विनिका भन्छिन्, ‘त्यतिबेलाको दुःख सम्झँदा अहिले पनि मन पोल्छ।’

नियमित औषधि सेवन नगरे क्षयरोग दोहोरिन सक्ने

केन्द्रका अनुसार उपचारमा ढिला पुग्नेहरू दूरदराजका बासिन्दा बढी छन्। उनीहरूलाई सरकारी स्वास्थ्य सेवाले सम्बोधन गर्न सकेको र बर्सेनि क्षयरोगबाट हुने मृत्यु उल्लेखनीय संख्यामा रहेको केन्द्रले जनाएको छ। विश्व क्षयरोग दिवसका अवसरमा केन्द्रले बुधबार पत्रकार सम्मेलन गरी क्षयरोगका कुनै पनि लक्षण देखा परे छिटोभन्दा छिटो परीक्षण गर्न अनुरोध गरेको हो।

कोरोना घट्यो, मौसमी रोगको जोखिम बढ्यो

कोभिड घटेपछि धेरै मानिस बाहिर निस्केर खाना खाने, सडकका खानेकुरा खाने गरेको देखिन्छ। यो मौसममा यसरी खाना खाँदा झाडापखाला र आउँको जोखिम हुन्छ। दूषित खाना र पानी रोगको कारक भएकाले यसतर्फ पनि सचेत रहनुपर्छ।

सुनसरीको एक कुखुरा फर्ममा बर्डफ्लु, पंक्षीजन्यलाई नष्ट गरिदैँ

सुनसरीको दुहबी नगरपालिका ३ स्थित एक कुखुरा फर्ममा बर्डफ्लु रोग संक्रमण पुष्टि भएपछि पंक्षीजन्य नष्ट गर्ने काम भइरहेको छ।

थानकोटमा एक अर्बको लगानीमा विशेषज्ञ सेवा अस्पताल बन्ने

चन्द्रागिरि नगरपालिका वडा ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ। यसका लागि स्वास्थ्य तथा जनसङ्ख्यालाई जर्मन विकास बैंक(केएफडब्लु) रु. एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्नेछ।

कोरोनामा बढी ध्यान दिँदा अरू रोग छायामा

नेपालमा कोभिड महामारी देखा परेपछि जुनसुकै कारणले ज्वरो आए पनि कोरोना भाइरसको मात्र परीक्षण बढी हुनाले अन्य सरुवा रोग छाँयामा परेको देखिएको छ।

कपिलवस्तुमा हात्तीपाइले रोगीको अवस्था पत्ता लगाउन फेरि सर्वे हुने

कपिलवस्तुमा विगत १२ वर्षदेखि खारेजी रहेको हात्तीपाइले रोग निवारणको अभियान असफल भए पछि सो रोगको अवस्था पत्ता लगाउन फेरी सर्वे गरिने भएको छ।

बोनम्यारोमा समस्या भएकी पाल्पाकी महिला काठमाडौंमा अलपत्र

एप्लास्टिक एनिमिया रोगबाट ग्रसित पाल्पा जिल्ला तानसेन नगरपालिका–८ की २३ वर्षीया शर्मिला ठाडाको उपचारमा आर्थिक अभाव भएको छ।

टेकु अस्पतालमा खोप अभियान आजदेखि पुनः हुँदै

अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने बताए।

मन्त्रीनिवासमा पनि छिर्‍यो भाइरस

शाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले समुदायमा अहिले रिपोर्टमा आएका भन्दा बढी संक्रमित रहेको र उनीहरूको निःशुल्क परीक्षणको व्यवस्था नहुँदा उनीहरूले कोरोना फैलाइरहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्