४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गठबन्धन सरकार बनेको एक वर्षमा देश तहसनहस भयोः ओली

सत्ता गठबन्धनकै सरकारका कारण बेतिथि उत्कर्षमा पुगेको बताए। परमादेशबाट बनेको सरकारले जनादेश प्राप्त गरेर फेरि पनि अहिले सरकारमा भएका दलहरूको सरकार बन्यो भने ओलीकै शब्दमा त्यो सरकारले मान्छे कुट्दै हिँड्ने उनले दाबी गरे।

सरकारले एसपीपी अघि नबढाउने पत्र अमेरिकालाई पठायो: परराष्ट्रमन्त्री

‘कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको सम्मानित सदनमा जानकारी गराउन चाहन्छु। आन्तरिक परामर्श आवश्यक भएकाले केही समय लागेको हो।’

करारका कर्मचारी कटौती गरेसँगै टेकु अस्पतालको २१ बेड आईसीयू बन्द

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २१ बेड आईसीयू सेवा बन्द भएको छ।

‘वंशाणुगत रोग केन्द्र स्थापनाको पहल गर्छु’

‘नेपालमा वंशाणुगत रोगका विषयमा अध्ययन भएको छैन, वंशाणुगत रोगको विषयमा अध्ययन, अनुसन्धानका साथसाथै अत्याधुनिक प्रविधिसहितको उपचार गर्ने छुट्टै वंशाणुगत रोग केन्द्र स्थापना गर्न आवश्यक छ,’

पहाड उक्लिदैं डेंगु सार्ने लामखुट्टे, पहाडमा बढ्नथाले डेंगुका बिरामी

‘जिल्लामा अहिले डेंगु फैलदो क्रममा छ। ४,५ जनामा स्क्रबसहितको डेंगु देखिएको छ। डेंगु बिरामी सबैको अवस्था अहिले सामान्य नै छ। इडिसिडिले डेंगु बिरामी देखिएको ठाउँहरुको निरीक्षण गरी जाँनुभएको छ। अब केही दिनमा रिर्पोट आउँछ।’

एसपिपीबाट बाहिरिने निर्णय कार्यान्वयनमा अलमल

गत असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाको स्टेट पार्टरनसिप प्रोग्राम (एसपिपी) बाट बाहिरिने निर्णय गरे पनि परराष्ट्र मन्त्रालयले भने अध्ययन भइरहेको बताउँदै निर्णय कार्यान्वयनमा ढिलाइ गरेको छ।

सरकारले भित्रभित्रै एसपीपीमा सम्झौता गर्ने कुरा सुन्दैछुः भीम रावल

सांसद रावलले सम्झौता अघि नबढाउने बारेमा मन्त्रीहरुले नै संसदमा स्पष्ट पार्दासमेत प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकालाई पत्र नपठाउनु नेपाललाई शक्ति राष्ट्रहरुको द्वन्द्वमा धकेल्नको लागि साझेदारी कार्यक्रममा कुनै न कुनै किसिमले नेपाललाई अल्झाइरहने चलखेल गर्न लागिएको बताए।

अमेरिकालाई एसपीपीमा सहभागी नहुने पत्र तत्काल पठाइयोस्ः देव गुरुङ

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने पत्र तत्काल पठाउन मात्र गरेका छन्।

काठमाडौँमा थप दुई जनामा हैजा संक्रमण

काठमाडौँमा उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिए।

थारु समयुदायमा विकराल बन्दै सिकलसेल

पश्चिम तराईका थारु समुदायलाई वंशानुगत सिकलसेल एनिमिया र थालेसेमिया रोग बढ्दै गएको छ। सिकलसेलबाट सन्तानलाई बचाउनका लागि अनिवार्य रूपमा रगतजाँच गरेर विवाह कुण्डली मिलाउन भनिएको हो।

एसपिपिमा दाहाल नै दोषी: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) आफूले रोकेको भनेर एकजना नेताले सबैलाई ढाँटिरहेको बताएका छन्।

शल्यक्रिया नगरी निकालियो पेटमा अड्किएको चम्चा

थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकले शल्यक्रिया नगरी आमाशयमा अड्किएको चम्चा निकालेका छन्।

सरकारले अमेरिकालाई एसपीपीमा सहभागि नहुने भनेर पत्राचार नगरेकोमा रावलद्वारा आपत्ति

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् सांसद भीम रावलले सरकारले अमेरिकालाई स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) मा सहभागि नहुने भनेर पत्राचार नगरेको भन्दै आपत्ति जनाएका छन्।

संस्थागत स्मृतिमै समस्या

कुनै पनि व्यक्ति र संस्थाका अभिव्यक्तिमा एकरूपता र निरन्तरता आवश्यक हुन्छ।हामीकहाँ प्रत्येक व्यक्ति र संस्थाका अलग अभिव्यक्ति छन्। आफूले चाहेअनुसार बोल्न र यसरी बोल्दा मुलुकप्रति जवाफदेही नहुन पनि पाइने भएको छ।

एसपीपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको हो: शर्मा

सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भएको दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्