२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारले एसपीपी अघि नबढाउने पत्र अमेरिकालाई पठायो: परराष्ट्रमन्त्री

नेपाल सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अघि नबढाउने भएकाे छ। यसअघि मन्त्रिपरिषद्को ६ असार २०७९ को बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको थियो। तर, अमेरिकालाई औपचारिक पत्र नपठाएको भन्दै सरकारको आलोचना भएको थियो।

परराष्ट्रमन्त्री नारायण खड्काले ९ साउनमा अमेरिकालाई लिखित जानकारी गराएको आज संसदलाई जानकारी दिए। खड्काले भने, ‘कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको सम्मानित सदनमा जानकारी गराउन चाहन्छु। आन्तरिक परामर्श आवश्यक भएकाले केही समय लागेको हो।’

पत्राचार गर्न ढिला गरेको भन्दै कतिपयले संसयसमेत व्यक्त गरेको भन्दै उनले भने, ‘यसमा नेपाल सरकारको दृष्टिकोण स्पष्ट थियो र छ।’ स्वतन्त्र, सन्तुलित परराष्ट्र नीति सञ्चालनका लागि सरकारसक्षम रहेको मन्त्री खड्काले बताए।

प्रकाशित: १३ श्रावण २०७९ ०७:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App