२२ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

करारका कर्मचारी कटौती गरेसँगै टेकु अस्पतालको २१ बेड आईसीयू बन्द

फाइल तस्बिर

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २१ बेड आईसीयू सेवा बन्द भएको छ।  

अस्पतालमा साउन १ गतेदेखि ६८ जना करारका कर्मचारी कटौती गरिएसँगै पुरानो २४ वटा आईसीयू बेडमध्ये २१ बेड बन्द भएको अस्पतालले जनाएको छ। त्यस्तै रोविजविरुद्धको इमुनोग्लोबुलिन खोप सेवा रोकिएको छ।

अहिले अस्पतालका पदाधिकारी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच छलफल भइरहेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए।

मन्त्रालयले असार ३१ गते वीर अस्पतालबाहेक अन्य स्वास्थ्य संस्थामा करारमा रहेका कर्मचारी हटाउने निर्णय गरेको थियो।

प्रकाशित: ९ श्रावण २०७९ ०७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App