५ आश्विन २०८१ शनिबार
image/svg+xml

पाटेबाघ संरक्षणमा चुनौती

बर्दिया राष्ट्रिय निकुञ्जको अम्रेनीस्थित नेपाली सेनाको सुरक्षा पोस्टदेखि तीन किलोमिटर उत्तर गत पुस २७ गते कारले ठक्कर दिँदा वयस्क पाटेबाघ घाइते भयो। दाँत झर्नुका साथ ढाडमा गम्भीर चोट लागेको उक्त बाघको उपचार निकुञ्जमा भइरहेको छ। निकुन्ज स्रोतका अनुसार बाघको अवस्था नाजुक छ।

मृगौला पीडितलाई कतारबाट सहयोग

उदयपुरकी एक मृगौला पीडित महिलालाई वैदेशिक रोजगारीका लागि कतारमा कार्यरत नेपालीहरूले सहयोग पठाएका छन्। त्रियुगा नगरपालिका ६ लालपत्ताकी दुवै मृगौला पीडित ४३ वर्षीया यसाेदा खड्काको उपचारका लागि कतारमा कार्यरत नेपालीहरूले १ लाख ६५ हजार १ सय २२ रुपैयाँ आर्थिक सहयोग संकलन गरी पठएका हुन्।

खोरमा थुनिएकी महिलाले पाइन् पुनर्जीवन

मानसिक समस्या भएकै कारण खोरमा थुनिनु परेकी खोटाङकी एक महिला उपचारपछि निको भएकी छन्। मानसिक समस्याबाट पीडित दिप्रुङ चुइचुम्मा गाउँपालिका–६, छितापोखरीकी ३३ वर्षीया रमिला तामाङ महिना दिनको उपचारपछि ठीक भएकी हुन्।

१६ जिल्लामा निःशुल्क मिर्गाैला उपचार र डायलासिस सेवा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिर्गाैला रोगको निःशुल्क उपचार र डायलासिस सेवा १६ जिल्लामा विस्तार गर्ने भएको छ। डेडलधुरा, डोटी, जुम्ला, प्युठान, अर्घाखाँची, पाल्पा, स्याङ्जा, इलाम, पाँचथर, दोलखा, रामेछाप, सिराहा, सर्लाही, महोत्तरी, रौतहट, कञ्चनपुरमा मिर्गौलाको निःशुल्क उपचार सेवा सुरु हुन लागेको हो।

कतै जनशक्ति छैन, कतै उपकरण

सरकारी अस्पतालमा पर्याप्त सुविधा नहुँदा मेची क्षेत्रका सर्वसाधारणले सधैं सास्ती खेप्नुपरिरहेको छ। पहाडी भेगका अस्पतालबाट धेरैजसो बिरामी रेफर गरिन्छन् भने तराईमा पूर्वाधार भएर पनि जनशक्ति नहुँदा बिरामीले उपचारका लागि अन्यत्र धाउनुपरेको छ।

सुवेदीलाई सहयोगको आह्वान

नागरिक दैनिकका वरिष्ठ संवाददाता अर्जुन सुवेदीको उपचारका लागि नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले सहयोगका लागि आह्वान गरेको छ। म्याग्दी बेनी स्थायी घर भएका सुवेदी एक दशकदेखि नेपाल रिपब्लिक मिडियामा कार्यरत छन्। सुवेदी कलेजो र पित्तनलीमा समस्या देखिएपछि भारतमा उपचार गराइरहेका छन्।

पत्रकार सुवेदीको उपचारमा सहयोग गर्न महासंघको अपिल

नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश समितिले भारतमा उपचार गराइरहेका पत्रकार अर्जुनप्रसाद सुवेदीलाई आर्थिक सहयोग गरिदिन अपिल गरेको छ।

मुटुलाई यसरी बचाउन सकिन्छ, डा. भट्टराईका सुझाव

नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन्। कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी रहेको तथ्याङ्क देखिन्छ। जन्मजात मुटुरोगीको सङ्ख्या एक प्रतिशत रहेको छ। मानिसले सामान्य आफ्नो जीवनशैलीमा लापर्वाही गर्दा पनि मुटुरोगबाट ग्रसित हुने गरेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईले बताए।

अवस्था चिन्ताजनक भएपछि डा. केसीलाई काठमाडौं ल्याइयोे

इलाममा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य स्थिति चिन्ताजनक भएपछि बिहीबार रातीनै काठमाडौं ल्याइएको छ। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट साँझ आइपुगेको टोलीले केसीको स्वास्थ्य परिक्षण गरि अवस्था चिन्ता जनक भएको र अन्यत्र जान सुझाव दिएपछि रातीनै डा. केसीलाई काठमाडौं लगिएको हो।

बिशेषज्ञ टोलीलाई इलाम जान राेक्याे गृहले

गत बुधबारदेखि आमरण अनसन बसिरहेका डा.गोविन्द केसीको उपचार गर्न इलाम जादै गरेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बिशेषज्ञ टोलीलाई मंगलबार बिच बाटोबाट फर्काइएको छ। बिशेषज्ञ टोली फर्किए पनि जुनियर रेसिडेन्ट डाक्टरहरुको अर्को टोली भने इलाम पुगेको छ।

उपचार खर्च तिर्न नसक्दा दुई महीनादेखि अस्पतालमै बन्धक

अस्पतालमा लागेको उपचार खर्च तिर्न नसक्दा पश्चिम नवलपरासीका एक बिरामी गत दुई महीनादेखि अस्पतालमै बन्धक भएकाे पाइएकाे छ। नवलपरासीको सुनवल नगरपालिका–४ हडाहाका रामदारस बेलदार बुटवलस्थित जेनस अस्पतालमा बन्धक भएका हुन् ।

डडेल्धुरा बस दुर्घटनाकी घाईतेलाई उपचार खर्च अभाव

केहीदिनयता आक्कल–झुक्कल आँखा फट्फटाउछ । यसरी फट्फटाउने परेलाले केही भनेजस्तो आभास दिन्छ । बोल्नसक्ने अझै भएकी छैनन् । समग्रमा आएको सुधारले बुवा तेजबहादुर धामीमा केही निमेष उनी ‘बाँच्नसक्ने आशा’ पलाएको छ । तर, ‘रित्तिएको खल्ती’ले भने निराशा थप्दै लगेको छ ।  यो अवस्था मंसिर ६ गते भएको डडेल्धुरा बस दुर्घटनाकी घाईते १३ वर्षिया बालिका राधिका धामीको हो ।

विवादको चक्रव्यूहमा प्रतिष्ठान

भरपर्दो उपचार सेवा केन्द्र मानिएको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विवादै विवादमा फसेको छ। प्रतिष्ठानले गरेका ‘अहितकारी’ निर्णयका कारण प्रतिष्ठान आन्तरिक विवाददेखि अदालती मुद्दासम्मको विवादमा परेको हो।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार अधिक महंगो बन्दै

चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारको माग गर्दै पटक पटक अनशन बस्दै आएका डा. गोविन्द केसीको सातौँ अनसनको बलमा जिल्लामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भयो। डा. केसीको सातौँ अनसनका क्रममा तत्कालीन सुशील कोईराला नेतृत्वको सरकारले दाङमा मेडिकल कलेज खोल्ने सहमती जनाएको थियो। डा. केसीले त्यो बेलाको माग अनुसार तत्कालीन पाँचै प्रदेशमा एक÷एक सरकारी मेडिकल कलेज खोल्ने र पहिलो चरणमा दाङमा खोलिनु पर्ने माग राखेका थिए।

जिल्ला अस्पतालले गर्भवती उपचारमा दिने गरेको छुट कटौती

सिंहदरबारको अधिकार गाउँमा ल्याएर जनताका घर–घरमा सरकारी सुविधा पुर्‍याउने दाबी गरेकाहरूले रोल्पामा उल्टै आधारभूत सेवासमेत कटौती गर्न थालेका छन्। नयाँ काम केही गर्न नसकेका यहाँका जनप्रतिनिधिहरूले पुराना राम्रा अभ्याससमेत अनुशरण गर्न सकेका छैनन्। रोल्पा जिल्ला अस्पतालले गर्भतवीलाई उपचार शुल्कमा ५० प्रतिशत छुट सुविधा हटाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्