४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कर्णलीमा सेवा दिँदै अमेरिकन डाक्टर

हाडजोर्नी सेवा नि:शुल्क रुपमा प्रदान गर्न अमेरिकन डाक्टर कर्णालीमा पुगेका छन्। अमेरिकाको ओरिगन राज्यको रोजवर्ग सहरका ५८ बर्षिय माइकल डेविड भेन एनरोय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पुगेका हुन्।

उपचारको क्रममा युवतीको मृत्यु, मेडिकल कलेजमा तनाव

एपेन्डिक्सको अप्रेशनको क्रममा एक युवतीको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका–८, की १७ वर्षीय लक्ष्मी रसायलीको मृत्यु भएको हो। लुम्बिनी मेडिकल कलेज, पाल्पामा शनिबार उपचारका लागि आएकी युवतीको भैरहवा मेडिकल कलेजमा सोमबार मृत्यु भएको बताईएको छ।

घाइतेको उपचारमा कमी हुन नदिन सभापति देउवाको आग्रह

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सुकुटे बस दुर्घटनाका घाइतेहरुलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

गम्भीर प्रकृतिको मानसिक समस्या भएका बर्सेनि दश लाख अष्ट्रेलियाली उपचार गराउँदैनन्

हरेक वर्ष गम्भीर प्रकृतिको मानसिक स्वास्थ्य समस्या देखिएका करिब दश लाख अष्ट्रेलियालीले उपचार नै नगराउने गरेका एक पछिल्लो अनुसन्धानमा देखिएको छ।

निःशुल्क रहेन मिर्गौला उपचार

सरकार र औषधि आपूर्ति गर्ने कम्पनीको आ–आफ्नै अडानका कारण पेरिटोनियल डायलाइसिसका बिरामीले प्रतिप्याकेट औषधि खरिद गर्दा लाग्ने चार सय ३० रुपैयाँमध्येको २२ रुपैयाँ सात महिनादेखि आफैंले बेहोर्दै आएका छन्। यसबाट बिरामीको प्रतिमहिना २ हजार रुपैयाँ बढी खर्च हुन्छ।

प्रधानमन्त्रीको दुईपटक हेमोडायलासिस, थप उपचार योजना निजी चिकित्सकले बनाउने

काठमाडौंको ग्रान्डी अस्पतालमा बुधबार भर्ना भएका प्रधानमन्त्री ओलीको सोही दिन डायलासिस गरिएको थियो। त्यो प्रभावकारी नभएपछि बिहीबार पुनः डायलासिस गरिएको छ।

प्रधानमन्त्रीले अस्पतालमा प्रचण्डसँग के भने?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य उपचारमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। बिहीबार दिउँसो २ बजे धापासीस्थित ग्राण्डी अस्पताल पुगेका दाहालले अस्पतालभित्र १ घण्टा विताएका थिए।

प्रधानमन्त्री ओली आईसीयूमा

प्रधानमन्त्री केपी शर्मा ओली आईसीयूमा भर्ना भएका छन्। ओली नियमित चेकजाँचका लागि आज विहान धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल पुगेका थिए।

गरिबीले उपचार नपाउँदा तीन वर्षदेखि घरमै थलिए तुलबहादुर

कुशे गाउँपालिका वडा नम्बर ५ जहरगाउँका  तुलवहादुर वली आफ्नै घरमा बन्धक जस्तै भएको तीन वर्ष भयो। छाला सम्बन्धी रोग र चरम गरिबीले आक्रान्त भएर दिनदिनै भगवान पुकार्दै रातदिन रुँदै घरभित्रै बन्धक छन् ६० वर्षीय विपन्न तुलबहादुर। जीवन रक्षाको लागि वलीले हात फैलाउन लागेको पनि तीन वर्ष भयो। तर, अहिलेसम्म उनको रोदन सुन्ने कोही भेटिएका छैनन्।

आवश्यक निराशा र आक्रोशको उपचार

मुलुकमा प्रकरणहरू जारी छन् । अघिल्लो महिना रवि लामिछाने प्रकरणले आकार लिएको थियो । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा तानिएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको पक्ष र विपक्षमा समाज विभाजित थियो ।

टालिएको मलद्वारदेखि आन्द्रासम्मको उपचार नेपालमै

जन्मँदै दुवै अण्डकोष पेटभित्र भएका ११ वर्षीय प्रसंग गोदार उपचारपछि घर फिर्ताको तयारीमा छन्। चिकित्सक डा. दिनेश कोइरालाले ‘ड्रेसिङ’ गरिरहेका बेला मुस्कुराउँदै उनकी आमा रेखा गोदारले भनिन्, ‘बाबुको दुवै अण्डकोष अहिले बाहिर देखिन्छ, उपचार सफल भएकामा म खुसी छु।’

सामाजिक सञ्जालको सदुपयोगबाट बालिकाको उपचार सम्भव

धेरै सामाजिक सञ्जाल फेसबुकलाई मनोरञ्जनको साधनको रुपमा प्रयोग गर्दै आएका छन्। कतिपयले त फेसबुकको दुरुपयोग पनि गरेका छन्। सामाजिक सञ्जालकै सदुपयोग गर्दै स्वास्थ्यकर्मी गीता रखाली मगरले एक विपन्न बालिकाको उपचारका लागि सहयोग जुटाएकी छन्।

अठार जिल्लाका डेंगी सङ्क्रमितको चितवनमा उपचार

जिल्लाका अस्पतालमा चितवनसहित देशका कम्तीमा १८ जिल्लाका डेंगी सङ्क्रमितको उपचार भइरहेको छ। स्वास्थ्य कार्यालय चितवनले सङ्कलन गरेको तथ्याङ्कमा केही बिरामीको जिल्ला स्पष्ट नभएको पाइएको छ।

डेंगी संक्रिमतको उपचारमा लापरबाही, बिरामी मंहगो उपचार गराउन बाध्य

.... ‘डेंगीका बिरामीलाई झुलभित्र राखेर उपचार नगरिनु लापरबाही हो,’ प्रदेश सामाजिक मन्त्रालय श्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्की भन्छन, ‘डेंगी संक्रमितलाई झुलबिना खुला शड्ढयामा राखेर उपचार गराउँदा सर्ने सम्भावना हुन्छ।’ डेंगी संक्रमितलाई टोकेको लामखुट्टेले अरुलाई टोके यो रोग सर्छ। .... माया मेट्रो अस्पतालमा उपचार गराएका रमेश चौधरी भन्छन्– करिब एक साताको उपचारपछि डेंगी निको त भयो तर पैसा धेरै खर्च भयो। भारतमा वर्षभरि मजदुरी गरी कमाएको पैसा यही उपचारमा सकियो। उपचारमा ४२ हजार रुपैयाँ लाग्यो। दिलबहादुर छत्याल

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्