३ आश्विन २०८१ बिहीबार
image/svg+xml

जनप्रतिनिधिले कोरोना उपचार कोषमा रकम जम्मा गर्ने

खोटाङको खोटेहाङ गाउँपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधा वापतको रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष’मा जम्मा गर्ने निर्णय गरेका छन्।

कोरोनाको संक्रमण देखिए ५० हजार उपचार खर्च दिने नलगाडको निर्णय

यहाँको एक नगरपालिकाले आफ्ना कुनै पनि नागरिकलाई कोरोनाको संक्रमण देखिए उपचारमा सहयोग गर्न ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ। जिल्लाको नलगाड नगरपालिकाले कोरोनाको संक्रमण रोक्ने अभियान शसक्त बनाउन २१ लाख रकमको विपद् व्यवस्थापन कोष खडा गर्दै सोही कोषको रकमले कोरोनाको संक्रमण भएका विरामीलाई उपचार खर्च सहयोग गर्ने निर्णय गरेको हो।

अमेरिकामा जसले कोरोनालाई जिते, के भन्छन् ?

केहि दिन ज्यान दुख्यो। पेनकिलर खाएर बसे एकहप्ता वित्दा पनि ठिक भएन, सबैतिर कोरोनाको कुराले मलाई केहि डर चाही लागेकै थियो।

विरामीको उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी

सरकारले आकस्मिक सेवामा आएका विरामी फर्काउने अस्पतालाई मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ। स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले देशका विभिन्न स्थानमा सामान्य ज्वरो खोकी लागेका विरामीले पनि उपचार नपाउने र अस्पतालले गेटबाट नै फिर्ता गराउने गरेको विषय तर्फ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले त्यसो नगर्न निजी अस्पतालहरुलाई आग्रह गरे।

क्वारेन्टाइनमा नबस्ने र भाग्नेलाई कारबाही हुने

क्वारेन्टाइनबाट भागे कारबाही हुने भएको छ। कोरोना नियन्त्रणको लागि विदेशबाट आउने व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने भनिए पनि भाग्ने नबस्ने देखिए पछि कारबाहीको तयारी गरिएको हो।

कोरोना संक्रमित किशोरीको धौलागिरि अस्पतालमा उपचार हुँदै

कोभिड–१९ को संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिकी १७ वर्षीया युवतीलाई धौलागिरि अञ्चल अस्पतालमा ल्याएर उपचार थालिएको छ। घरमै सेल्फ क्वारेन्टाइनमा बस्दै आएकी युवतीलाई कोरोना पुष्टि भएसंगै अस्पतालको आइसोलेशन वार्डमा शनिबार भर्ना गराएर उपचार थालिएको अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए।

कोरोना नियन्त्रण तथा उपचार कोषमा १५ करोड ३१ लाख

सरकारले सुरु गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा शुक्रबारसम्म १५ करोड ३१ लाख तीन हजार दुई सय २२ रुपैयाँ जम्मा भएको छ।

ढिलो रिपोर्टले उपचारमै असर

कुनै पनि गम्भीर रोगमा ढिलो गरी रिपोर्ट दिएमा बिरामीको उपचारमै समस्या पर्ने चिकित्सकले जनाएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट पठाइएका नमुनको रिपोर्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ढिलो पठाएका कारण चिकित्सकबीच तनाव बढ्यो। बिहीबार पनि अस्पतालका चिकित्सकबीच रिपोर्टको जानकारी नपाएको विषयमा छलफल चल्यो।

सरकार कोरोना भाईरसबाट संक्रमितको उपचार, आपूर्ति र शान्ति सुरक्षामा केन्द्रीत : मन्त्री पोखरेल

सरकारले कोरोना भाईरसबाट संक्रमितको उपचार, आपूर्ति र शान्ति सुरक्षामा केन्द्रीत भएर काम गरिरहेको स्पष्ट पारेको छ।

कोरोना नियन्त्रण तथा उपचार कोषलाई सांसदको सहयोग घोषणा

प्रतिनिधिसभाका सांसद बिशाल भट्टराईले एक महिनाको पारिश्रमिक ‘कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष’मा जम्मा गर्ने घोषणा गरेका छन्। खोटाङबाट निर्वाचित प्रतिनिधिसभाका सांसद भट्टराईले कोरोनाको कारण संटकको सामना गरिरहेको सरकारको सहयोगार्थ महिना दिनको सेवा सुविधावापतको पारिश्रमिक कोषमा जम्मा गरिदिने घोषणा गरेका हुन्।

भैरहवामा कोरोना उपचार केन्द्र र ल्याब बन्ने

भैरहवास्थित भिम अस्पतालमा रहेको आइसोलेसन कक्षलाई कोरोना उपचार कक्षको रुपमा स्थापना गर्न लागिएको छ। प्रदेश सरकारको मन्त्री परिषदको निर्णय अनुसार भीम अस्पताललाई कोभिड–१९ समर्पित अस्पतालको रुपमा विकसित गर्ने निर्णय बमोजिम कोरोना उपचार कक्षको रुपमा स्थापना गर्न लागिएको हो।

बन्द उद्योगमा अस्थायी उपचार कक्ष बनाइँदै

कोरोना भाइरस (कोभिड– १९) को संक्रमण देखिएका व्यक्तिहरूलाई राखेर उपचार गर्नको लागि सिमरामा अस्थायी अस्पताल (उपचार कक्ष) निर्माण गर्ने लागिएको छ। विरगञ्ज –पथलैया औद्योगिक करिडोर अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका – २ मा बन्द रहेको तार जाली र गर्मेन्ट उद्योगलाई नै अस्थायी अस्पताल बनाउन लागिएको हो।

'व्याक पेन' भएपछि पूर्वप्रधानमन्त्री डा. भट्टराई गंगालाल अस्पतालमा, एन्जिओग्राफी गरियो

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई वुधबार राति शहिद गंगालाल हृदय रोग केन्द्र बाँसवारीमा भर्ना भएका छन्। 'व्याक पेन' भएपछि उनी अस्पताल पुगेका थिए।

डोल्पाको त्रिपुराकोटमा आँखा उपचार केन्द्र

हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा प्राथमिक आँखा उपचार केन्द्र स्थापना गरिएको छ। ‘नेपाल रेडक्रस सोसाइटी’ कर्णाली प्रदेश आँखा अस्पताल अन्र्तगत त्रिपुरासुन्दरी नगरपालिकाको नगर केन्द्र कोटबगरमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो।

दुर्गममा दाँतको उपचार पाउदा स्थानीय उत्साहित

जिल्लाको तिला गाउँपालिकाको दुर्गम क्षेत्रमा निःशुल्क दन्त शिविर सकिएको छ। तिला गाउँपालिका ९ को मानेचौर र ६ को सुडीगाउँमा निःशुल्क दन्त शिविर आयोजना गरिएको थियो। दन्त शिविरमा २ सय ८० जनाले सेवा लिएको हातेमालो नेपालका कार्यकारी निर्देशक टेकबहादुर रावत बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्