२ पुस २०८२ बुधबार
image/svg+xml

संकटापन्न प्रजातिको संरक्षण र प्रकृति अपराध नियन्त्रणका लागि ताप्लेजुङमा छलफल

संकटापन्न प्रजातिको संरक्षण र प्रकृति अपराध नियन्त्रण साझा प्रयासबाट मात्र सम्भव हुने भएकोले यसका सरोकारवालासंग आफुहरु सहकार्य आवश्यक रहेको सरोकारवालाले बताए।

डेढदशकसम्म पक्की पुल नबनेपछि झोलुङ्गे पुल निर्माण सुरु

भत्केको पुल मर्मत गर्ने कि नयाँ बनाउने भन्ने यकिन नभएकाले स्थानीयबासी अहिलेसम्म हरेक वर्षायाममा त्रियुगा नदीको चपेटामा पर्दै आएका छन् ।

पाँच महिनामा चार खर्ब नौ अर्ब ७८ करोड राजस्व संकलन

वार्षिक १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिइएकोमा मंसिर मसान्तसम्म चार खर्ब नौ अर्ब ७८ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको छ।

रविलाई भेट्न नख्खु पुगेका प्रदीपले भने- देश जोगाउनुपर्ने अवस्था आए राजनीतिमा आउन सक्छु

अभिनेता प्रदीप खड्काले देश जोगाउनुपर्ने बाध्यात्मक अवस्था आए आफू राजनीतिमा आउन तयार रहेको बताएका छन्।

बैंक कर्मचारीमाथि आक्रमणप्रति राष्ट्र बैंक चिन्तित

नेपाल राष्ट्र बैंकले मंगलबार विज्ञप्ति प्रकाशित गरी बैंकिङ प्रणालीको स्थायित्व र सेवाप्रवाहमा यस्तो घटनाले नकारात्मक असर पार्ने उल्लेख गरिएको छ ।

‘तीनमध्ये एक महिला सांसदलाई अनलाइनमार्फत् ज्यान लिने धम्की’

मंगलबार भक्तपुरमा भएको एक कार्यक्रममा जानकारी गराए अनुसार महिला र बालिकाहरुविरुद्ध हुने हिसाको सबैभन्दा जटिल र बढ्दो रुप प्रविधि बनेको छ ।

युद्धले अपाङ्ग बनाएको जीवन सुई र धागोले सिउन खोज्दै मोतिलाल

पोखरी गाउँ माओवादी कार्यकर्ताको जमघट थलो बन्यो। कलिलै उमेरमा उनी विद्रोहमा होमिए। पार्टीले उनलाई ‘कमरेड अर्जुन’ नाम दियो। विद्रोहका नारा मार्मिक लाग्थे, सपना ठूला थिए।

ओलीको निरन्तरताले अब पार्टी चलायमान हुन्नः योगेश भट्टराई

अध्यक्षमा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिँदैछन्। भट्टराई पोखरेलकै प्यानलबाट उपमहासचिवका उम्मेदवार छन्।

एसियाली बैङ्कबाट १४ अर्ब ऋण स्वीकार गर्ने सरकारको निर्णय

सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि एसियाली विकास बैङ्क (एडिबी) बाट प्राप्त हुने करिब १४ अर्ब ३८ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।

एमाले महाधिवेशन: मतदानको समय सर्‍यो, आज साँझ ७ बजेदेखि राति १ बजेसम्म भोटिङ

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने भनिएको मतदानको समय परिवर्तन भएको छ।

योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यद्वारा शपथ ग्रहण

राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा. सुनीति श्रेष्ठ (हाडा) ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

मकवानपुर ट्रयाक्टर दुर्घटना: ३ जनाको मृत्यु, १९ घाइते

मकवानपुरको बकैया गाउँपालिकामा मंगलबार दिउँसो भएको ट्रयाक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।

माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो

सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ।

पोखरा विमानस्थल आयोजना कार्यान्वयन इकाई प्रमुख मुनंकर्मी दम्पतीमाथि भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई प्रमुख विनेश मुनंकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, १५ जनाको उम्मेदवारी फिर्ता

नेकपा (एमाले) को ११‌ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्