२६ आश्विन २०८१ शनिबार
image/svg+xml

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष टि-२० मा आज ४ खेल हुँदै

नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कार्तिक ३ गतेसम्म आयोजना हुने भएपनि पुरुष क्रिकेट भने अगाडि नै गर्न लागिएको हो। टियु क्रिकेटमा हुने उद्घाटन खेलमा एनआरएनए टिम र सुदूरपश्चिम प्रदेशबीच प्रतिष्पर्धा हुनेछ।

कालिकोटमा प्रदेश स्तरिय खेलाडी छनोट सुरु

पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश स्तरिय महिला,पुरुष भलिबल खेलको छनोट कालिकोटमा सुरु भएको छ।

सेरेनाको व्यवहारप्रति कोर्टको गुनासो

८० वर्षीया कोर्ट अहिले पनि पर्थको एक चर्चकी पास्टर हुन्। समलिङ्गी विवाहको विरोधबारे कोर्टको टिप्पणीका कारण टेनिसमा उनको विभाजनकारी व्यक्तित्व बनेको छ। सन् १९६० र सन् १९७० को दशकमा सानदार रेकर्डका बावजुद टेनिसले आफ्नो प्रशंसा नगरेको उनको भनाइ छ।

नवौं राष्ट्रिय खेलकुदः साइक्लिङमा गण्डकी प्रदेशबाट १६ जना छनोट

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेशबाट ३६ खेलबाट खेलाडी छनोट हुदैंछन् । अधिकांश खेलका खेलाडी छनोट भईसकेका छन्। अब क्रिकेट, गल्फ र हक्कीको टोली छनोट हुन बाँकी छ। ती पनि यो साताभित्र छनोट गरेर गण्डकी प्रदेश खेलकुद परिषदमा नामावाली पेश हुनेछन्।

नेपालद्वारा केन्याविरुद्ध क्लिन स्विप

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको २ सय ५६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै प्राप्त गरेको छ। अर्जुनले ५८ तथा आसिफले ५६ रन बनाए। वसिर ५२ रनमा अविजित रहे। यस्तै कप्तान रोहित पौडेलले अविजित रहदै ४६ रन बनाए। ज्ञानेन्द्र मल्ल ३३ रनमा आउट हुँदा देव खनाल एक रनमा आउट भए।

नेपालले नेत्रहीन ट्वान्टी–२० विश्वकप खेल्ने

नेपालले भारतमा आयोजना हुने तेस्रो ट्वान्टी–२० नेत्रहीन विश्वकप क्रिकेटमा खेल्ने भएको छ।

एनआरएनए क्रिकेट टोलीको घोषणा

गैरआवसीय नेपाली संघ खेलकुद प्रतिष्ठानले आईतवार पत्रकार सम्मेलन गर्दै नवौंका लागि क्रिकेट टोलीको घोषणा गरेको हो। घोषणा गरिएको टोलीमा एनआरएनले सुनम गौतमलाई कप्तानको जिम्मेवारी दिने भएको छ भने उपकप्तान पृथु बास्कोटाले पाएका छन्।

राखेपद्वारा खेलकर्मी सम्मानित

राष्ट्रिय खेलकुद परिषद्(राखेप) ले ५९औं वार्षिकोत्सवका अवसरमा चार खेलाडीसहित १६ जनालाई शनिबार सम्मान गरेको छ।

नवौं राष्ट्रिय खेलकुदः सामान नहुँदा हर्डल्सको छनोट इभेण्ट हुनै सकेन

‘हर्डल्सको लागि हामीसँग (एथलेटिक्स संघ, कास्की) सामान नै छैन। सामानको लागि गण्डकी खेलकुद परिषद् र राष्ट्रिय खेलकुद परिषद्लाई समेत आवश्यक सामानको विवरणसहित परिपत्र गरेका थियौँ,’ केन्द्रीय सदस्य एवं एथलेटिक्सका प्राविधिक समेत रहेका गुरुङले भने, ‘सामान केही पनि आएन। भएका सामान जोडजाड पारी एथलेटिक्सका इभेण्टलाई व्यवस्थापन गर्‍याैँ।’

हाल्यान्डको लगातार दोस्रो ह्याटिक

बुधबार म्यानचेस्टर सिटीलाई फराकिलो जित दिलाउने क्रममा यसै सिजन क्लबमा अनुबन्धित फरवार्ड एर्लिङ हाल्यान्डले प्रिमियर लिगका सुरुआती पाँच खेलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन्।

नवौं राष्ट्रिय खेलकुद: गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता सुरु

उदघाटन स्थगित भएपनि मार्शल आर्टसका खेलहरुको छनोट प्रतिस्पर्धा सुरु भइसकेको छ। तेक्वान्दो, जुडो, बक्सिङ, उसु पोखरा रंगशालास्थित कभर्ड र रिङमा सुरु भएको छ। सितेरियो कराँते पोखरा सृजनाचोकस्थित साइमन पार्टी प्यालेसमा सुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश छनोट प्रतियोगिताका संयोजक खगेन्द्र क्षत्रीले जानकारी दिए।

एमबान स्पोर्ट्स मिट २०२२ हुँदै

नेपाल मर्चेन्ट बैंकर संघको संयोजकत्वमा ‘टुगेदर फर अ हेल्दी लाइफस्टाइल’ भन्ने नारासहित ‘एमबान स्पोर्ट्स मिट २०२२’ अन्तर्गत विभिन्न खेलकुद प्रतियोगिताहरू हुने भएको छ।

बैतडीबाट प्रदेशका लागि १५६ खेलाडी छनौट

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत सुदूरपश्चिम स्तरीय खेलकुद प्रतियोगिताका लागि बैतडीबाट एक सय ५६ खेलाडी छनौट भएका छन्।

पठनशैलीको विकास गरौँः मन्त्री अथक

१५औँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले कोहलपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अथकले उक्त कुरा बताएका हुन्।

गण्डकीका खेलकुद मन्त्रीको प्रश्नः प्रतियोगितालाई छुट्टाइएको ६० करोड खोइ?

‘नवौं राष्ट्रिय खेलकुदको लागि ७ करोड मागेका हौं। तर साढे तीन करोड मात्रै मन्त्रालयले दिएको छ,’ बुधबार गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री राजीव गुरुङले भने, ‘थप बजेट भएन भने गेम गर्न सकिन्न।’ उनको भनाइ अनुसार पैसा नभए प्रतियोगिता स्थगित हुन्छ। ‘खेलाडीलाई डाईट खुवाउने पैसा खेलकुद मन्त्रालयसँग छैन्,’ उनको भनाइ थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्