७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

नेपालद्वारा केन्याविरुद्ध क्लिन स्विप

नेपालले घरेलु टोली केन्यालाई ६ विकेटले पराजित गर्दै नेपालले  तीन खेलको एकदिवसीय सिरिज क्लिन स्विप गरेको छ। सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले सिरिज ३–० ले जितेको हो। नेपालले यस अघि पाँच खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३–२ ले जितेको थियो।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको २ सय ५६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै प्राप्त गरेको छ। अर्जुनले ५८ तथा आसिफले ५६ रन बनाए। वसिर ५२ रनमा अविजित रहे। यस्तै कप्तान रोहित पौडेलले अविजित रहदै ४६ रन बनाए।  ज्ञानेन्द्र मल्ल ३३ रनमा आउट हुँदा देव खनाल एक रनमा आउट भए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५५ रन बनाएको थियो। केन्याका लागी कोलिन्स ओबुयाले सर्वाधिक ८४ रन बनाएका थिए। त्यस्तै लुकास एनदान्दासनले ५९ बनाए। उनले २६ बल खेल्दै ५ छक्का र ५ चौका प्रहार गरेका थिए। त्यसैगरी सुकदीप सिंहले ३७, एमानुएल बन्डीले २३ रन बनाए। नेपालका लागि सोमपाल कामी र आदिल अन्सारी २ र शहाब आलम र बसिर अहमदले १(१ विकेट लिए।

सिरिज अन्तर्गत कै पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो। यस्तै दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो।

प्रकाशित: २० भाद्र २०७९ १४:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App