८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुदः साइक्लिङमा गण्डकी प्रदेशबाट १६ जना छनोट

क्रसकन्ट्रीमा प्रतिस्पर्धा गर्दै कास्कीका हिक्मत विक। तस्बिर नागरिक

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेशबाट ३६ खेलबाट खेलाडी छनोट हुदैंछन् । अधिकांश खेलका खेलाडी छनोट भईसकेका छन्। अब क्रिकेट, गल्फ र हक्कीको टोली छनोट हुन बाँकी छ। ती पनि यो साताभित्र छनोट गरेर गण्डकी प्रदेश खेलकुद परिषदमा नामावाली पेश हुनेछन्।  

यसैबीच गण्डकी प्रदेशस्तरीय साईक्लिङमा विभिन्न इभेण्टमा महिला तथा पुरुष १६ जना छनोट भएका छन्। पोखराका विभिन्न स्थानमा भएको प्रतियोगितामा आसन्न नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट प्रतिनिधीत्व गर्ने खेलाडी छनोट गरिएको कास्कीजिल्ला साइक्लिङ संघका अध्यक्ष तथा प्रतियोगिता संयोजक शंकर भण्डारीले जानकारी दिए।  

प्रतियोगितामा महिला तर्फ प्रदेशबाट क्रसकन्ट्री विधामा हिमान्सु राई, सोफिया वि.क, सदिक्षा भण्डारी छनोट भएको संयोजक भण्डारीले बताए। रोड रेसमा निकिता परियार बबिता परियार, स्पर्श उदास, पवित्र परियार छनोट भएका छन।  डाउन हिल तर्फ जमुना थापा पर्न सफल भईन्। छनोट भएका उनीहरुले नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट प्रतिस्पर्धा गर्ने छन्। अन्य जिल्लाहरुले साइक्लिङमा सहभागिता नजनाउँदा उनीहरुले सिधै गण्डकी प्रदेशबाट छनोट भएका हुन्।  

गण्डकी प्रदेशबाट प्रतियोगिताको पुरुष क्रसकन्ट्री विधामा कास्कीका हिक्मत विक, स्याङ्जाका सन्दीप सुधौली, तनहुँका विनोद सापकोटा र कास्कीका अनिल विक छनोट भए। डाउन हिलतर्फ कास्कीका अजय क्षत्री र सुजन अधिकारी छानिएका छन्। रोड रेसतर्फ कास्कीका सुमित गुरुङ र सुवास लामा छनोट भएको संयोजक भण्डारीले जानकारी दिए।  

प्रतियोगिता क्रसकन्ट्री, रोड रेस पोखरा– १८ मेथलाङ डाँडा र डाउन हिल पोखरा– २२ स्थित रानीबन–तितेपानी क्षेत्रमा आयोजना गरिएको थियो। नवौँ राष्ट्रिय खेलकुदअसोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ।

प्रतियोगितामा ७ प्रदेश, ३ विभागीय र एनआरएनको टोली गरी ११ टोलीले प्रतिस्पर्धा गर्नेछन्। राष्ट्रिय खेलकुदका ३६ खेलमा प्रतिस्पर्धा हुने छ भने  २ खेलको प्रदर्शनी खेल गरिने छ। प्रतियोगितामा ४ सय सात स्वर्ण पदकका लागि खेलाडी बीच प्रतिस्पर्धा हुने गण्डकी खेलकुद परिषदले जनाएको छ।

प्रकाशित: २१ भाद्र २०७९ ०८:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App