५ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

बालेन शाह रास्वपाको केन्द्रीय समिति सदस्यमा अनुमोदित, २६ जनाको नाम पारित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सहित २६ जनालाई केन्द्रीय समिति सदस्यको रूपमा अनुमोदन गरेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको पार्टीको ५९ औं केन्द्रीय समिति बैठकले उनीहरूलाई केन्द्रीय सदस्यको रूपमा अनुमोदन गर्ने निर्णय गरेको हो।

पार्टी प्रवक्ता मनिष झाका अनुसार आजै सम्पन्न अघिल्लो बैठकबाट मनोनीत भएका ७ जना नयाँ केन्द्रीय सदस्यहरूको समेत उपस्थितिमा सुरु भएको ५९औं बैठकले पार्टी विस्तार र समायोजन प्रक्रियालाई थप उचाइमा पुर्‍याउँदै मेयर साहसहित २६ जनालाई केन्द्रीय समितिमा अनुमोदन गरेको हो।

बैठकमा पार्टीको साङ्गठनिक विस्तार र आगामी रणनीतिका विषयमा छलफल भएको थियो।

यसअघि आजै बसेको ५८ औं बैठकले समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियार, रञ्जु दर्शनालगायत ७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो।

प्रकाशित: २० पुस २०८२ १९:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App