२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

इन्डोर क्रिकेट हुने

भ्यागुते प्रोडक्सनले जेठ १६ गतेबाट अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिता गर्ने भएको छ । रातोपुलस्थित भेलोसिटी एरिनामा हुने प्रतियोगितामा उपत्यकाका ८ टोलीले प्रतिस्पर्धा गर्ने संयोजक रविन जोशीले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिए।

घरेलु क्रिकेटमा सुन्यता चिर्ने प्रयास

आन्तरिक विवादका कारण घरेलु प्रतियोगिता सञ्चालन गर्न नसकेको क्यान निलम्बन पछि नेपालमा घरेलु क्रिकेट झण्डै शुन्यको अवस्था थियो। प्रधानमन्त्री कपले त्यो सुन्यता चिर्नेछ।

नेपाली क्रिकेट टोलीलाई तलब दिने आइसीसीको निर्णय

विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नेपाली क्रिकेट खेलाडीको रोकिएको तलब उपलब्ध गराउने निर्णय गरेको छ।

अर्घाखाँचीमा पहिलो पटक क्रिकेट लिग

अर्घाखाँची सामुदायिक विकास क्लवद्वारा सञ्चालित त्रिकेट एकेडेमीले जेठ १५ गते देखि सन्धिखर्कमा पहिलो पटक लिग सिस्टममा आधारित त्रिकेट प्रगियोगिताको आयोजना गर्ने भएको छ ।

युनिभर्सिटी क्रिकेट कप हुँदै

युनिभर्सिटी क्रिकेट क्लबले मंगलबारबाट युनिभर्सिटी क्रिकेट कप प्रतियोगिता गर्ने भएको छ। ट्वान्टी–२० स्वरूपमा खेलाइने प्रतियोगितामा १६ टोलीको सहभागिता रहनेछ।

उन्नाइस वर्षमुनिको क्रिकेट प्रतियोगिता हुने

यहाँको डिएभी क्रिकेट खेल मैदानमा यही चैत २७ गतेदेखि ३१ गतेसम्म पीएलओ प्रथम यू–१९ राष्ट्रिय इटहरी प्रिमियर लिग हुने भएको छ ।

एसीसी इमर्जिङ कप क्रिकेटमा नेपालको दोस्रो हार

एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ। बंगलादेशको कक्स बजारमा मंगलबार सम्पन्न खेलमा बंगलादेश यु२३ टिमले ८३ रनको जित हात पारेको छ।

महिला क्रिकेट लिग हुने

युनाइटेड अत्तरिया स्पोटर्स क्लबले वैशाख १० गतेबाट क्बलस्तरीय महिला लिग प्रतियोगिता गर्ने भएको छ। ट्वान्टी–२० स्वरूपमा खेलाइने अत्तरिया कप प्रतियोगिता स्थानीय सशस्त्र प्रहरी बल (एपिएफ) को क्रिकेट मैदानमा खेलाइनेछ।

सुपर-८ क्रिकेट हुने

खुकुरी इएनटी र डिभाज इभेन्ट एन्ड मिडिया प्रा.लि.ले नेपालमा पहिलो पल्ट सुपर–८ क्रिकेट प्रतियोगिता गर्ने भएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चैत १५ देखि हुने प्रतियोगितामा २० टोलीले प्रतिस्पर्धा गर्नेछन्।

एपिएफलाई प्रधानमन्त्री कप क्रिकेट

एपिएफले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। बुधबार एपिएफले सुदूर पश्चिमलाई ८ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो।

भारत भ्रमणका लागि १९ सदस्यीय क्रिकेट टोली घोषणा

भारतमा खेलिने अभ्यास खेलका लागि १९ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ। टोलीका प्राविधिक विश्लेषक रमन शिवाकोटीका अनुसार भारत भ्रमणमा कप्तान पारस खड्का रहने छैनन्।

अन्तर्राष्ट्रिय क्रिकेटबाट अफ्रिदीको संन्यास

पाकिस्तानका महान् अलराउन्डर शाहिद अफ्रिदीले आफ्नो २१ वर्षे क्रिकेट करियरको अन्त्य गर्दै आइतबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्। सन् २०१० मा टेस्ट क्रिकेटबाट संन्यास लिएका ३६ वर्षे अफ्रिदीले सन् २०१५ को एकदिवसीय विश्वकपपछि एकदिवसीय टोली छोडेका थिए।

क्रिकेटमा सहमतिको प्रतीक्षा

नेपाली क्रिकेटको प्रशासनिक समस्या समाधानका लागि विधान बनाउने तथा 'स्वतन्त्र' निर्वाचनको माहोल बनाउने म्यान्डेटका साथ पाँच महिनाअघि गठित सल्लाहकार समिति अझै पूर्णताको प्रतीक्षामा रहेको सरोकारवालाले बताएका छन्।

क्रिकेट राजनीतिमा महत्वपूर्ण मोड

भारतले यो साता बंगलादेशलाई पहिलो पटक टेस्ट खेलका लागि आतिथ्य प्रदान गर्दा विश्व क्रिकेट राजनीतिक शक्ति संघर्षले एउटा तार्किक निश्कर्ष पाउनेछ।

स्टम्प प्रहारबाट क्रिकेटरको मृत्यु

बंगलादेशमा दुई छिमेकी टोलीबीच भएको मैत्रिपूर्ण क्रिकेट खेल दौरान ब्याट्सम्यानले आक्रोशित भएर  स्टम्पले प्रहार गर्दा एक १४ वर्षे क्रिकेटरको मृत्यु भएको सोमबार प्रहरीले जनाएको छ। दक्षिणी–पूर्वी सहर चितागोङमा सम्पन्न खेलमा ब्याट्सम्यानलाई आउट दिँदा फैजल हुसेन फिल्डिङ गरिरहेको सहायक प्रहरी निरिक्षक जहाँगिर आलमले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्