२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

सुपर-८ क्रिकेट हुने

काठमाडौं- खुकुरी इएनटी र डिभाज इभेन्ट एन्ड मिडिया प्रा.लि.ले नेपालमा पहिलो पल्ट सुपर–८ क्रिकेट प्रतियोगिता गर्ने भएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चैत १५ देखि हुने प्रतियोगितामा २० टोलीले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीलाई पाँच समूहमा विभाजन गरिएको प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाइनेछ। प्रतियोगिताका ३७ मध्ये ३० लिग खेल, ४ क्वार्टरफाइनल, २ सेमिफाइनल र फाइनल खेल हुनेछन्।

१९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछ। उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १०/१० हजार रुपैयाँ नगद पाउनेछन्।

७ ओभरको खेल हुने प्रतियोगिताको एउटा टोलीमा ८ खेलाडी हुने आयोजक कमिटीका सचिव विनोद महर्जनले बताए। एउटा टोलीबाट कम्तीमा ५ खेलाडीले अनिवार्य बलिङ गर्नुपर्नेछ। त्यसमध्ये २ जनाले २ ओभरभन्दा बढी बलिङ गर्न पाउने छैनन् भने विकेटकिपरले बलिङ गर्न नपाउने नियम नरहेको आयोजकले बिहीबार पत्रकार सम्मेलनमा जनाकारी दिए।

सचिव महर्जनले नेपाली क्रिकेटमा नयाँ स्वरूपको क्रिकेटलाई स्थापित गर्ने उद्देश्यले यस प्रतियोगिता गर्न लागेको बताए। 'पूर्वखेलाडी भएकाले क्रिकेटमा केही नयाँ गर्ने सोच आयो,’ उनले थपे, ‘यसअघि हामीले ट्वान्टी–२० कर्पोरेट क्रिकेट गरिसकेका छौं। नयाँ स्वरूपको सुपर–८ क्रिकेटले खेलाडील्ााई नयाँ अवसर दिने विश्वास लिएका छौं। कीर्तिपुरमा हुने भएकाले खेलाडीले आफनो क्षमता देखाउन पनि पाउनेछन्।'

प्रतियोगितामा उपत्यकाबाहिरका टोलीलाई पनि सहभागी गराउने तयारी भैरहेको उनले बताए। उनले भने, 'राजधानीबाहिरबाट आउने टोलीको सम्पूर्ण खर्च त हामी उपलब्ध गराउन सक्दैनौं तर सहभागी हुन इच्छुकलाई स्वागत गर्छौं।'

प्रकाशित: ४ चैत्र २०७३ ०४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App