२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

स्टम्प प्रहारबाट क्रिकेटरको मृत्यु

ढाका- बंगलादेशमा दुई छिमेकी टोलीबीच भएको मैत्रिपूर्ण क्रिकेट खेल दौरान ब्याट्सम्यानले आक्रोशित भएर  स्टम्पले प्रहार गर्दा एक १४ वर्षे क्रिकेटरको मृत्यु भएको सोमबार प्रहरीले जनाएको छ। दक्षिणी–पूर्वी सहर चितागोङमा सम्पन्न खेलमा ब्याट्सम्यानलाई आउट दिँदा फैजल हुसेन फिल्डिङ गरिरहेको सहायक प्रहरी निरिक्षक जहाँगिर आलमले बताए।

‘जव ब्याट्सम्यानले आफू बोल्ड वा स्टम्पिङ भएको देखे, उनी धेरै आक्रोशित भए। रिसको झोकमा उनले स्टम्प उखेलेर हावामा फालेका थिए। त्यो स्टम्पले विकेट नजिकै फिल्डिङ गरिरहेका फैजलको गर्धन र टाउकोमा चोट लाग्यो,’ आलमले भने, ‘उनी चोटका कारण मैदानमा ढले। अस्तपाल लगेपछि उनलाई मृत घोषित गरिएको थियो।’

स्टम्प प्रहार गर्ने ब्याट्सम्यानलाई नियन्त्रणमा लिइएको र उनीमाथि हत्या अभियोगमा मुद्धा चलाइने प्रहरीले बताएको छ।

बंगलादेशमा क्रिक्रेट खेललाई गाँउ स्तरमा गम्भिर रुपमा लिएने गरे पनि यस्तो झगडालाई भने सामान्य रुपमा लिइन्छ।

प्रकाशित: २५ माघ २०७३ ०४:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App