८ पुस २०८१ सोमबार
image/svg+xml

सीके राउतको राष्ट्रिय परिषद् बैठक सुरु, बैठकस्थलमा जाना नागरिकता अनिवार्य

सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धन, राष्ट्रिय परिषद् बैठक लहानमा सुरु भएको छ। लहान नगरपालिका–७ स्थित माड्वारी सेवा सद्नमा ११ बजेबाट सुरु हुने बैठकमा सहभागी हुन मधेसका २२ जिल्लाबाट परिषद् सदस्यहरु सहभागी हुँदै छन्।

सीके राउत समूहको बैठक लहानमा, सहभागी हुन नागरिकता अनिवार्य

सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको बैठक लहानमा हुने निश्चित भएको छ। गठबन्धन र सरकारबीच भएको ११ बुँदे सहमतिपछि हुन लागेको यो पहिलो बैठक हो।

सिकेलाई ‘खलिफा’ बनाउन खोजियो : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वतन्त्र मधेशका लागि संगठित अभियानको अगुवाइ गरेका चन्द्रकान्त (सिके) राउतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक महत्व दिइरहेको टिप्पणी गरेका छन्।

मधेसमा यसकारण माैन देखिए राउत

स्वतन्त्र मधेश अभियानको नेतृत्व गर्ने चन्द्रकान्त (सिके) राउतले नेपाल सरकारसँग लिखित सम्झौता गर्दै राष्ट्रिय अखण्डता स्वीकारेपनि कार्यकर्तालाई पुरानै प्रशिक्षण (विखण्डनकारी नीति) अनुरुप परिचालन गरिरहेका छन्। काठमाडौंमा सरकारसँग ११ बुँदे सम्झौतागरी आइतबार जनकपुर आएका राउतलाई स्वागत गर्न विमानस्थल पुगेका सयौं कार्यकर्ताले पुरानै गतिविधिलाई निरन्तरता दिए।

‘स्वतन्त्र मधेस’ अस्त्रको व्यवस्थापनले तरंगित राजनीति

झन्डै एक दशक (जेठ ०६९) देखि मधेसको राजनीतिलाई बेग्लै धारमा तरंगित गर्दै आएका डा.सिके राउतको नामले परिचित चन्द्रकान्त (सिके) राउतसँग शुक्रबार सरकारले ११ बुँदे सहमति गरेसँगै राजनीतिक वृत्त तरंगित भएको छ । चिया पसलदेखि आमस्तरसम्मै सिके–सरकारबीचको सहमतिको विषय छलफलको विषय बनेको छ।

ओली – दाहाल एकैसाथ मधेश झर्दै, सुरक्षा व्यवस्था कडा

पूर्व नेकपा एमाले र माओवादीबीच एकिकरण पश्चत पहिलो पटक सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मधेशमा आमसभा गर्न लागेको छ।

प्रधानमन्त्री ओली र सीके राउतको सम्बोधन एउटै मञ्चमा

प्रधानमन्त्री केपी ओली र स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष डा. सिके राउत एउटै मञ्चबाट सम्बोधन गर्न लागेका छन्। मधेस स्वराजको आन्दोलन चलाइरहेका डा. राउतले पृथकतावादी आन्दोलन छोड्ने एजेण्डाको औपचारिक घोषणाका लागि राष्ट्रिय सभागृहमा आयोजित सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीसँग सम्बोधन गर्न लागेका हुन्।

पृथकतावादी आन्दोलन छोड्दै सिके राउत

मधेस स्वराजको आन्दोलन चलाइरहेका डा. सिके राउतले पृथकतावादी आन्दोलन छोड्ने भएका छन्। जिल्ला अदालत रौतहटको आदेश पछि थुनामा रहेका राउत हिजोमात्र सर्वोच्चको आदेशमा रिहा भएका थिए।

सिके राउतले त्यागे अलग राष्ट्रको एजेण्डा

स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष डा. सिके राउतले मधेशलाई छुट्टै राष्ट्र बनाउने एजेण्डा त्यागेका छन्।

माघीको मुखमा सुनसान थारु बस्ती

कैलालीको पूर्वी क्षेत्रका थारु बस्तीमा माघी पर्वको खासै चहलपहल छैन। कुनै बेला उक्त पर्वमा भरिपूर्ण हुने थारु बस्ती यो वर्ष प्रायः सुनसान देखिन्छन्। मधेश–थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ र ८ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनापछि थारु बस्तीमा माघी पर्वको रौनक हराएको धेरैको बुझाइ छ।

लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग

राष्ट्रिय जनता पार्टी (राजपा) मधेश तथा थारु आन्दोलनमा भएको मानवअधिकार उल्लंघन संबन्धी प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ। बुधबारको संसदको वैठकमा बोल्दै राजपाका प्रमूख सचेतक लक्षमणलाल कर्णले सरकारले उक्त प्रतिवेदन सार्वजनिक नगरे सरकार विरुद्द उत्रने चेतावनी समेत दिएका हुन्।

सीके राउतलाई रिहा गर्न माग

स्वतन्त्र मधेश गठबन्धनले आफ्ना संयोजक सीके राउतलाई रिहा गर्न माग गरेको छ। बिहीवार गठबन्धनका प्रवक्ता अब्दुल खानले सार्वजनिक अपिलमार्फत राउतलाई रिहा गर्न माग गरेका हुन्। उनले राउतमाथि सरकारले लगातार दमन गरेको र गैर न्यायिक हिरासतमा राखेको आरोप लगाउँदै राउतको परिवारलाई विचल्लीमा पारेको जिकिर गरेका छन्।

स्वतन्त्र मधेश राष्ट्र माग गर्ने भूमिगत समूह वार्तामा

स्वतन्त्र तराई/मधेश राष्ट्र स्थापनाको माग सहित पछिल्लो डेढ दशक देखि भुमिगत जीवन विताई रहेका जयकृष्ण गोईतलाई वाईपास गर्दै उनी नेतृत्वकै भुमिगत संगठनका नेताहरु सरकारसँगको वार्तामा सहभागि भएका छन्।

सीके राउत प्रहरी नियन्त्रणमा

स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सीके राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले जिल्ला प्रहरी कार्यालय गौरमा राखिएका राउतलाई प्रहरीले सोधपुछ गरिरहेको छ।

सप्तरीमा सामूहिक बलात्कार, पाँच पक्राउ

दाजुभाइले दिदीबहिनीबीच ‘स्नेहसहित सुरक्षा’ दिने प्रतिबद्धताका साथ तराई–मधेशमा मनाइने रक्षाबन्धन पर्वकै दिन सप्तरीमा एक युवती सामूहिक बलात्कारमा परेको घटना सार्वजनिक भएको छ । घटनामा संलग्न आरोपमा सप्तरी प्रहरीले मंगलबार पाँच अभियुक्तलाई पक्राउ गरेपछि घटना बाहिर आएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्