थमन विक हत्याका अभियुक्त कापड जेल चलान
मधेश आन्दोलनको क्रममा हत्या गरिएका सशस्त्र प्रहरीका असई थमन विकको हत्याको अभियोग लागेका जलेश्वर नगरपालिका १७ का ४५ वर्षीय पवन कापडलाई बिहिबार जिल्ला अदालत महोत्तरीले पूर्पक्षका लागि करागार पठाएको छ।
मधेश आन्दोलनको क्रममा हत्या गरिएका सशस्त्र प्रहरीका असई थमन विकको हत्याको अभियोग लागेका जलेश्वर नगरपालिका १७ का ४५ वर्षीय पवन कापडलाई बिहिबार जिल्ला अदालत महोत्तरीले पूर्पक्षका लागि करागार पठाएको छ।
प्रदेश नं २ का सांसदहरूले ‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्री कार्यक्रम’ ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन्।
संघीय समाजवादी फोरम नेपाल तथा राष्ट्रिय जनता पार्टीका नेताहरुले संविधान संशोधन नभएसम्म आफूहरु वाम गठबन्धनको सरकारमा समावेश नहुने बताएका छन्।
वाम गठबन्धनले मधेश केन्द्रित राजनीतिक दललाई सरकारमा ल्याउन पहल जारी राखेको छ। सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको स्थायी कमिटीले सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा)सँग थप परामर्श गरी मन्त्रिमण्डल विस्तार गर्ने निर्णय गरेपछि दुई पक्षबीच अनौपचारिक छलफल भएको छ।
तराई–मधेश केन्द्रित राजनीतिक दलले प्रदेश नं २ मा सरकार गठनका लागि वार्ता र छलफललाई तीव्रता दिएका छन्।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डल सदस्य राजकिशोर यादवले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी गठबन्धन गरेका मधेशवादी दल एउटै बनाएर अघि बढ्नुपर्ने बताएका छन्।
नेपाली सेनाले काठमाडौँ–तराई मधेश द्रुतमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) आफैँ तयार गर्ने भएको छ । द्रुतमार्ग निर्माणका सन्दर्भमा हालसम्म भएको कार्यप्रगतिबारे सैनिक मुख्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजना उपप्रमुख सहायकरथी सूर्यप्रसाद खनालले उक्त जानकारी दिए । उक्त द्रुतमार्गको डिपिआर यसअघि भारतीय कम्पनीले तयार गरेको थियो।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताले अधिकार नपाएसम्म अधिकार प्राप्तिका लागि संघर्ष जारी रहने बताएका छन्। राजविराजस्थित साह धर्मशालामा बुधबार साँझ तेलि कल्याणकारी समाजद्वारा आयोजित नवनिर्वाचित प्रतिनिधि र प्रदेशससभा सदस्यको सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
नेपाली कांग्रेसले प्रदेश नम्बर २ अर्थात् ‘कोर मधेस’लाई आफ्नो आधार क्षेत्र भन्दै आएपनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको हालसम्मको परिणाम कांग्रेसको पक्षमा देखिएको छैन ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं प्रतिनिधिसभा सप्तरी क्षेत्र नं २ का उम्मेदवार उपेन्द्र यादवले प्रदेश नं. २ को प्रदेशसभामा आफूहरुको बहुमत आउने दाबी गरेका छन्।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी तराई÷मधेश विरोधी पार्टी नभएको स्पष्ट पारेका छन्। विराटनगर महानगरापलिका–१० मा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू प्रम भएको सयममा मधेशको विकासका लागि गरिब जनताको आवासका लागि २० हजार घर निर्माण, हुलाकी राजमार्ग, चक्रपथ निर्माण र आधुनिक कृषि उत्पादनमा वृद्धि लगायतका कार्यक्रममा वजेट विनियोजन गरिएको जानकारी दिए।
धनुषा क्षेत्र नम्बर ३ का राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधि सभाका उम्मेद्वार राजेन्द्र महतोले विमलेन्द्र निधिलाई जनकपुरका जनताले यसपटक चुनाव हराएर ठूलो सबक सिकाउने दाबी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले धनुषाको जनकपुरमा नेता महतोसँग आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा उनले भने ।
फिल्मी करियरमा झण्डै दुई दर्जन फिल्ममा अभिनय गरिसकेका अभिनेता सौगात मल्ल पछिल्लो समयका फिल्ममा मधेसी चरित्रमा देखिँदै आएका छन् । फिल्म ‘कागबेनी’बाट फिल्मी करियर शुरु गरे पनि उनी ‘लुट’बाट बढी चिनिए।
मधेसको मुद्दा सम्बोधन नहुन्जेलसम्म आफूहरुको आन्दोलन जारी रहने संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले बताएका छन्।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध ६ दलबीच बुधबार एकता भएको छ । एकतापछि बनेकाे नयाँ पार्टीकाे नाम राष्ट्रिय जनता पार्टी राखिएकाे छ। नयाँ पार्टीले चुनाव चिन्ह छाता राखिएकाे छ।