२९ वैशाख २०८१ शनिबार
image/svg+xml

पोखराभित्र दुईलाख बढी विरुवा रोप्न मिल्ने ठाउँ उपलब्ध

पोखरा महानगरभित्र २ लाख १८ हजार बिरुवा रोप्न सकिने गरि खुला ठाउँ पहिचान भएको छ। सार्वजनिक जग्गा, सडक र खोला किनारमा ती बिरुवा रोप्न सकिने पनि महानगरको ठहर छ।

एमाले अध्यक्ष ओलीद्वारा वृक्षरोपण

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका पूर्वमहासचिव मदनकुमार भण्डारीको बहत्तरौं जन्मजयन्तीको अवसरमा वृक्षरोपण गरेका छन्।

स्वच्छ वातावरणीय मौलिक हकका लागि वृक्षरोपण

काठमाडौं महानगरपालिका– १३ ताहाचलस्थित जनप्रभात माध्यमिक विद्यालयपरिसरमा सोमबार ‘प्लास्टिक प्रदूषणविरुद्ध लागौं भन्ने नाराका साथ वृक्षरोपण गरिएको छ। वायु प्रदुषण व्यवस्थापन नागरिक सञ्जाल काठमाडौंको आयोजनामा भएको उक्त वृक्षरोपण कार्यक्रम जडिबुटी तथा फलफूलका १०८ बिरुवा रोपिएका छन्।

राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण

राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षरोपण गरेका छन्। उनले वनकाली क्षेत्रमा आज नागचम्पा फूलको बिरुवा रोपेका हुन्।

स्व नेता गिरीको स्मृतिमा सामूहिक वृक्षारोपण

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य स्व प्रदीप गिरीको स्मृतिमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ।

प्रधानमन्त्री देउवाद्वारा वृक्षरोपण अभियान शुभारम्भ

प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा दिवसका अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ शुभारम्भ गरेका छन्।

साढे २ हजार थान विरुवा रोपण

गुल्मले हर्रोबर्रो, चिउरी, तेजपत्ता, लप्सी, इपिल, जापानी सल्लो, टाँकी, उत्तिस, सल्ला र चिलाउने प्रजातिका २ हजार ४० थान विरुवा रोपण गरेको भीमकाली गुल्मका सहसेनानी कौशल कार्कीले जानकारी दिए।

बिरुवा रोप्ने मात्र नभई संरक्षणमा ध्यान दिन आग्रह

नेपाल स्काउटको ७०औँ स्थापना दिवसका अवसरमा प्रदेश तदर्थ समितिले आज बुटवल उपमहानगरपालिका–१३ स्थित पाणिनि उद्यानमा आयोजना गरेको वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा उनले बिरुवा रोप्ने मात्रै नभई संरक्षणमा ध्यान दिन आग्रह गरिन्।

बिरुवा रोपिन्छ, संरक्षण गरिँदैन

गत असोज ३ गते काठमाडौं महानगर क्षेत्रका सडकपेटीमा करिब ६ सय बिरुवा रोपिए। काठमाडौं महानगरपालिका र नेपाली सेनाले विष्णुमति करिडोर, बागदरबार, त्रिपुरेश्वर, आर्मी ब्यारेक, स्वयम्भू आसपासका क्षेत्रमा वृक्षारोपण गरेको थियो।

वन क्षेत्र प्रयोग गर्ने प्रक्रिया सरल बनेपछि प्रयोग बढ्दै

विभिन्न निकायलाई अन्य प्रयोजनका लागि १६ हजार ७१६ हेक्टर वन क्षेत्र उपलब्ध गराइसकेको छ। मन्त्रालयले ती निकायलाई फरकफरक १२ प्रयोजनका लागि सरकारी वन क्षेत्रको उक्त जग्गा प्रयोग गर्न दिएको हो।

भू–क्षय रोक्न विश्वव्यापी अभियान थाल्नुपर्ने नेपालको प्रस्ताव

सरकारले चालु आर्थिक वर्षलाई वृक्षरोपण वर्ष घोषणा गरेको तथा राष्ट्रपति–चुरे तराई मधेस संरक्षण कार्यक्रमलाई प्राथमिकता दिएको उल्लेख गरे। यस्तै उनले वातावरणीय परिवर्तनले ल्याएका चुनौतीको सामना गर्न अनूकुलनका कार्यक्रमहरु अघि सारिएको बताए।

वृक्षरोपणमा सहभागिता बढाइने

रामेछापको सदरमुकाम मन्थली र आसपासको सडक क्षेत्रमा वृक्षरोपणका लागि सहभागिता जुटाइने भएको छ । सामुदायिक विकास कार्यक्रमका निर्देशक मिलन घिसिङले सो परियाजनाअन्तर्गत मन्थलीदेखि खुर्कोट र मन्थलीदेखि रामेछाप बजारलगायत सडककिनारमा वृक्षरोपणको तयारी भएको बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्