९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

साढे २ हजार थान विरुवा रोपण

नेपाली सेनाले सुरु गरेको रहित अभियान कार्यक्रमअन्तरगत ताप्लेजुङमा रहेको भीमकाली गुल्मले साढे २ हजार थान वृक्षरोपण गरेको छ। गुल्मले हर्रोबर्रो, चिउरी, तेजपत्ता, लप्सी, इपिल, जापानी सल्लो, टाँकी, उत्तिस, सल्ला र चिलाउने प्रजातिका २ हजार ४० थान विरुवा रोपण गरेको भीमकाली गुल्मका सहसेनानी कौशल कार्कीले जानकारी दिए।

भदौ ९, १० र ११ गते गरी ३ दिनको अवधिमा सुकेटार, फुङलिङको कोप्चे क्षेत्र र गुल्म परिसर क्षेत्रमा वृक्षरोपण गरिएको भीमकाली गुल्मले जनाएको छ। गुल्मका उपसेनानी जगत खड्काका अनुसार सबैभन्दा बढी सुकेटार क्षेत्रमा १ हजार ५ सय ५ थान विरुवा रोपण गरिएको छ।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे, सशस्त्र प्रहरी वल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका गुल्मपति रोशन बुढाथोकी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ताप्लेजुुङका प्रमुख अनुसन्धान अधिकृत दुर्गा चापागाँइ, प्रहरी निरीक्षक राकेश यादव, सशस्त्र प्रहरी निरीक्षक प्रभात गौतम, डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृत बद्रीप्रसाद शाह, सञ्चारकर्मी, उद्योगी व्यवसायी  र पाथीभरा देवी मन्दिर संरक्षण तथा सम्वद्र्धन समिति र पाथीभरा क्षेत्र विकास समितिका प्रतिनिधिको उपस्थितिमा वृक्षरोपण गरिएको गुल्मले जनाएको छ।

प्रकाशित: १२ भाद्र २०७८ ०७:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App