२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

एमाले अध्यक्ष ओलीद्वारा वृक्षरोपण

फाइल तस्वीर

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका पूर्वमहासचिव मदनकुमार भण्डारीको बहत्तरौं जन्मजयन्तीको अवसरमा वृक्षरोपण गरेका छन्।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बिहान नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले आयोजना गरेको कार्यक्रममा उनले वरको बिरुवा रोपेका हुन्। अध्यक्ष ओलीले वातावरण संरक्षणमा वृक्षरोपणको महत्व रहेको बताउँदै वृक्ष र मानवको अन्योन्याश्रित सम्बन्ध रहेको बताए।

एमालेले आज देशभरि भण्डारीको बहत्तरौं जन्मजयन्ती मनाउँदै छ। दिउँसो राष्ट्रिय सभागृहमा मदन भण्डारी फाउण्डेशनको आयोजनामा विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम हुँदैछ।

२००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराको रूपमा भण्डारीको जन्म भएको हो। एमालेले साताव्यापी रूपमा भण्डारीको जन्मजयन्तीका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ। उनको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो।

प्रकाशित: १४ असार २०८० ०४:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App