पन्ध्र बिघामा गरिएको गाँजाखेती नष्ट
सर्लाही प्रहरीले लालबन्दी नगरपालिका –१४, नारायण खोलास्थित १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ।
सर्लाही प्रहरीले लालबन्दी नगरपालिका –१४, नारायण खोलास्थित १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ।
सर्लाहीको बागमती नदीमा अबैध रुपमा उत्खनन गरिरहेको अवस्थामा सर्लाही प्रहरीले एक एक्जाभेटरसहित तीन वटा टिपर नियन्त्रणमा लिएको छ।साथै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
उखुको मूल्य नतोकेर चिनी मिल सञ्चालनमा ल्याउँदा कम मूल्यमा उखु बेच्नुपर्ने बाध्यता हुने भन्दै किसानहरूले उद्योगलाई उखु उपलब्ध नगराउने अडान लिएका हुन।
नेपाल-भारत सीमा वारपार तस्करीमा सहयोग गरेको आरोपमा सर्लाहीका असई मनोज यादव निलम्बनमा परेका छन्। यादव प्रहरी चौकी संग्रामपुरका इन्चार्ज थिए।
यहाँ जारी ‘नवौँ नारदमुनि राई स्मृति गोल्डकप प्रतियोगिता’को उपाधिका लागि बाग्मती र सप्तरीबीच प्रतिस्पर्धा हुने भएको छ।
‘कानुन र विकास निर्माणको पाटोबाट केही गर्न नसकेपछि निरासमा परेका मतदाताले आक्रोशले होइन, हाँसेर हेरिदिउन् भनी आशा थेग्न र भरोसा दिलाउन अहोरात्र जनताको घरदैलोमा पुग्दै आएको छु।’ सर्लाहीबाट निर्वाचित सांसद हरी उप्रेतीको भनाइ हो यो।
जंगली जनावरबाट बालीनालीलाई जोगाउन लगाइएको विजुलीको तारमा करेन्ट लाग्दा सर्लाहीको बरहथवा नगरपालिका १४ बिनमाटोलका नरेश साहको मृत्यु भएको हो।
स्थानीय रामनगर गाउँपालिका-१ खैर्वाका सुनिल साहकी २१ वर्षीया श्रीमती मनिषा देवि साहको शव सर्लाही प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले शनिवारदेखि लागु गरेको कर्फ्यु हटाउँदै थप तीन दिनका लागि निषेधाज्ञा जारी गरेको छ।
एक जना नेपाली युवकको शव भारतीय भूमिमा फेला परेको छ।सर्लाहीको मलंगवा नगरपालिका ४ का ३५ वर्षीय रवानी हुसेनको शव नेपाल भारत सीमा क्षेत्र दशगजाको नजिक भारततर्फ खेतमा फेला परेको प्रहरीले जनाएको छ ।
सर्लाहीमा मुस्लिम समुदायको दाहा पर्वमा डिजे बजाउन रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति सर्लाहीको बैठकले साउन १३ गते मुस्लिम समुदायको दाहा पर्वमा डिजे बजाउन रोक लगाएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराएका छन्।
सर्लाहीको ईश्वरपुर नगरपालिका-९ स्थित खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परी एक अनुसन्धान निर्देशकको मृत्यु भएको छ।
सर्लाहीको पर्सा गाउँपालिका-४ जिंगडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ।
सर्लाहीको बरहथवा नगरपालिकाका केही मुसहर परिवारलाई विभिन्न पशु प्रदान गरिएको छ। जीवनयापन र आर्थिक उपार्जन गर्न सजिलो हुने उद्देश्य राखेर बहरथवा नगरपालिका- ८ टाँडीको मुसहर समुदायलाई पशु र पन्छी प्रदान गरिएको हो।
जन्मसिद्धले नेपाली नागरिकताको प्रमाणपत्र पाउने भएपछि सर्लाही जिल्ला प्रशासन कार्यालयमा थामिनसक्नुको भीड जम्मा भएको छ।