१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सर्लाहीमा नागरिकता लिन टोकन प्रणाली लागू

जन्मसिद्धले नेपाली नागरिकताको प्रमाणपत्र पाउने भएपछि सर्लाही जिल्ला प्रशासन कार्यालयमा थामिनसक्नुको भीड जम्मा भएको छ। नयाँ नेपाली नागरिकता लिनको लागि अत्याधिक भीड जम्मा हुन थालेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले अनलाइन टोकन प्रणाली लागू गरेको छ।

गत आइतवारदेखि जन्मसिद्ध नागरिकता प्राप्तका सन्तानहरूले नेपाली नागरिकता पाउने क्रम सर्लाहीमा बढेको छ। सर्लाही प्रशासनले गत आइतबार १० गते २४ जनाले नेपाली नागरिकताको प्रमाणपत्र पाएका थिए भने ११ गते त्यो संख्या बढेर ६८ जना भएको थियो। मंगलवार १२ गते भने नेपाली नागरिकताको प्रमाणपत्र पाउनेको संख्या भने १९१ पुगेको छ।

नियमित नागरिकता लिन आउनेको संख्या पहिलेजस्तै रहेको अवस्थामा जन्मसिद्धको नागरिकता लिएकाहरूका सन्तानले नागरिकता लिन पाउने बाटो खुलेसँगै सर्लाहीमा अत्याधिक भीड देखिएको हो। एक दुई दिन कागजपत्र मिलाउन समय लागेकोले त्यसपछि मङ्गलवार देखी भीड बढेको हो। मंगलवार अत्यधिक भीड बढेपछि अनलाइन टोकन प्रणाली लागू गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको हो।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव राय यादवले लाइनमा बसेर पालो कुर्नुपर्ने झन्झटिलो, सास्ती र हैरानी हुने अवस्थालाई अन्त्य गरी नागरिकता वितरणमा सहज, सरल, छिटो छरितो निष्पक्ष र पारदर्शी रूपले सेवा प्रवाह गर्न अनलाइन टोकन प्रणाली विकसित गरिएको जानकारी गराएका छन्।

प्रकाशित: १२ असार २०८० १४:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App