२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सर्लाहीका बागमती नदीको अवैध उत्खनन

सर्लाहीको बागमती नदीमा अबैध रुपमा उत्खनन गरिरहेको अवस्थामा सर्लाही प्रहरीले एक एक्जाभेटरसहित तीन वटा टिपर नियन्त्रणमा लिएको छ।साथै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बरहथवा नगरपालिका र बागमती नगरपालिकाको सिमानामा पर्ने बागमती नदीलाई खोला माफियाहरुले अबैध रुपमा एक्जाभेटर लगाएर उत्खनन गरिरहेको अवस्थामा मेसिनसहित तिनवटा टिपर र दुईजना चालकलाइ प्रहरीले आज आज नियन्त्रणमा लिएको हो।

नदीमा अबैध रुपमा दोहन गरी उत्खनन गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले थाहा पाएपछि सर्लाहीको विशेष टोलीले नम्बर प्लेट खुल्न नसकेको एक्जाभेटर सहित मधेस प्रदेश ०३ -००१ क २४१४,  मधेस प्रदेश ०३ -००१ क २६०२ र प्रदेश २ -०३ -००१ क १३१८ नम्बरको टिपर सहित चालक रामनगर गाउपालिका द्द का मनोज झा र बरहथवा नगर नियन्त्रणमा लिइएको टिपर, चालक र एक्जाभेटरलाई इलाका प्रहरी कार्यालय बरहथवमा राखिएको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले दोहनको बिषयमा आफूलाई नै कल आएको र सूचना आएलगत्तै प्रहरी परिचालन गरेर समात्न लगाएको बताउँदै आवश्यक कार्यवाहीको लागि जिल्ला समन्वय समिति सर्लाहीको जिम्मा लगाइएको प्रजिअ धमलाले बताएका छन्।

सर्लाहीको बरहथवा नगरपालिकाले बागमती नदी उत्खनन अगाडि करिब दुई वर्ष लगाएर मधेस प्रदेश कार्यालय जनकपुरबाट बिज्ञ बोलाएर नदी उत्खनन गर्न भन्दा अगाडि नदीको (इआइए) प्रारम्भिक बाताबरण प्रभाव मुल्यांकन गराएर यसपटक तिनवटा घाट उत्खनन गर्न ठेक्का लगाएको थियो। बाताबरण बिज्ञको टोलीले माफियाहरुले अहिले उत्खनन गरिरहेका ठाउँ खरसाल घाट नजिक खोलाको सतह तल परेको र उत्खनन गर्ने अवस्था नभएको रिपोर्टमा देखाएपछि बरहथवा नगरपालिकाले नदी उत्खनन र ठेक्का प्रक्रियामा रोक लगाएको नगरपालिकाका कानुनी सल्लाहकार महेश बरालले जानकारी गराएका छन्।कानुनी सल्लाहकार बरालका अनुसार माफियाहरुले प्रतिबन्धित बन क्षेत्र समेत रहेको ठाउँमा मेसिन प्रयोग गरेर उत्खनन गरी दोहन कानुन, प्रचलनको धज्जी उडाएका छन् । नगरपालिकाले प्रतिबनध लगाएको ठाउँमा पनि अवैध रुपमा उत्खनन गर्नेहरुलाई हदैसम्मको कार्यवाही हुनुपर्ने कानुनी सल्लाहकार बरालले माग गरेका छन्।

अहिले बरहथवा नगरपालिकाले नदीबाट ढुङ्गा, गिटि, बालुवा र ग्राभेल निकासीको लागि एउटा नाकामा मात्र ठेक्का लगाएको छ । बागमती नदीको वडा नम्बर  घ र द्ध मा पर्ने बजार क्षेत्र नाकाको ठेक्का सर्लाही लालबन्दीको रोहन इन्जिनियरिङ एन्ड बिल्डर्सलाईडछ लाखमा ठेक्का दिएको र सम्झौताको प्रक्रिया अगाडि बढेको कानुनी सल्लाहकार बरालले बताएका छन् । खोला उत्खननको इजाजत बिना अबैध तरिकाले नदीमा मेसिन प्रयोग गरेर दोहन गर्नेलाई कडा कार्यवाही गर्न उनले माग गरेका छन्।

सर्लाहीको विभिन्न नाका हुँदै ढुङ्गा, गिटि तस्करी गराएको आरोपमा दुई युनिटको इन्चार्जलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले परिवर्तन गरेको छ।सर्लाहीको फेनहारा र बारा उधोरण नाकाबाट ढुङ्गा, गिटि तस्करी गराएको आरोपमा सिमा प्रहरी चौकी सिम्रा फेनहाराका सई लालबाबु पाल, इलाका प्रहरी कार्यालय बलराका सइ जितेन्द्र चौधरी र प्रहरी चौकी बाराउधोरनका असई सुरेश थापालाई एक हप्ता अधि तानेर अन्यत्र सरुवा गरिएको छ । तिनै जनाले नेपालबाट भारततर्फ बालुवा, गिटि तस्करी गराएको आरोपमा तिनैजनालाई जिल्ला प्रहरी कार्यालयमा तानेर अन्यत्र जिल्ला रवाना गरेको प्रहरी श्रोतले जनाएको छ।तिनै नाकाबाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेषटोलिले तस्करीको बालुवा गिटि सहितका ट्याक्टर नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीका लागि सर्लाहीको मलङवा भन्सार कार्यालयमा बुझाएको छ।सर्लाही प्रहरीले दुई महिनामै विभिन्न नाकाबाट तस्करी हुँदै नेपाल भित्र्याएको करिब डेढ करोड रुपैयाभन्दा बढीको माल सामान नियन्त्रणमा लिएर भन्सार कार्यालयमा कार्यवाहीको लागि बुझाएको सर्लाही प्रहरीले जनाएको छ।

प्रकाशित: १९ मंसिर २०८० १३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App