१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

जीविकोपार्जन गर्न मुसहर परिवारलाई पशु प्रदान

सर्लाहीको बरहथवा नगरपालिकाका केही मुसहर परिवारलाई विभिन्न पशु प्रदान गरिएको छ। जीवनयापन र आर्थिक उपार्जन गर्न सजिलो हुने उद्देश्य राखेर बहरथवा नगरपालिका-८ टाँडीको मुसहर समुदायलाई पशु र पन्छी प्रदान गरिएको हो।

मुहसर समुदायलाई पशुपालनमार्फत आयआर्जन गरेर जीविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्यले साउथ एसिया पार्टनरसिप (साप) नेपालको सहयोगमा बाख्रा, बंगुर र कुखुरा प्रदान गरिएको हो।

टाँडीका विभिन्न मुसहर परिवारलाई १५ वटा बाख्रा, १५ वटा बंगुर र १५ वटा लोकल कुखुरी वितरण गरिएको हो। पशु र पन्छी प्रदान गरिएको परिवारलाई ती पशुपन्छी पालनका लागि खोर पनि बनाउन थप आर्थिक सहयोग प्रदान गरिएको छ।

मुसहर समुदायलाई बाख्रा, बंगुर तथा कुखुरा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पनाकुमारी कटुवालले एकीकृत बस्ती बसाएर सामूहिक रूपमा आयआर्जन गर्न मुसहर समुदायलाई अन्य स्थानमा लैजान सकिने पनि बताएकी छन्।

 नगर प्रमुख कटुवालले आगामी वर्षमा अव्यवस्थित बसोवासीलाई जग्गा दिलाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

प्रकाशित: २१ असार २०८० ०५:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App