सुन्तलाबारीमा अक्षरयात्री
पोखराको साहित्यिक पर्यटन प्रवद्र्धनमा क्रियाशील पोखरेली अभियान अक्षरयात्राको १ सय ४२ औं शृंखला पर्यटकीय गाउँ सुन्तलाबारी पुगेको छ । ‘जीवन र जगतको यथाथबोधका लागि अक्षरयात्रा’ भन्ने नारा बोकेर स्याङजाको वालिङ नगरपालिका–४ स्थित सुन्तलाबारी पुगेका अक्षरयात्रीले त्यहाँको प्रकृति, संस्कृति र जीवशैलीलाई सिर्जनामा ढालेका छन् ।