१० मंसिर २०८१ सोमबार
image/svg+xml

सुन आयात ५० प्रतिशतले बढ्यो

सरकारले झिटीगुन्टा अन्तर्गत सुन ल्याउन पाउने व्यवस्था हटाएपछि बैंकबाट सुन आयात ह्वात्तै बढेको छ ।

लम्बिँदै मनसुन

पाँच वर्षयता मनसुन लम्बिने क्रम बढेको मौसमविद्हरूले बताएका छन् । यसपटक पनि मनसुन १० दिन लम्बिसकेको छ । मनसुन पूर्ण रूपले बाहिरिन अझै एक साता लाग्न सक्ने अनुमान उनीहरूको छ ।

प्रदेश र संघीय निर्वाचनमा नेपाली काँग्रेसको जित सुनिश्चित : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेर बहादुर देउवाले मधेशी जनताको चाहना अनुरुप संविधान संसोधन हुने बताएका छन् । रुपन्देहीको मझगाँवामा नेपाली काँग्रेस रुपन्देहीद्धारा सोमबार आयोजित सभामा भने,‘मधेशको समृद्धि र मधेशी जनताको अधिकार स्थापित गर्न नेपाली काँग्रेस नेतृत्वमा संविधान संसोधन हुनु आवश्यक छ ।

सुनसान काठमाडौं (फोटो फिचर)

बडादशैँका अवसरमा बाहिर जानेको संख्या बढेपछि काठमाडौँ उपत्यकामा सवारीसाधनको आवागमन पातलो देखिएको छ। काठमाडौंका मुख्य सडकहरु लगभग सुनसान छन्। सडकमा फाट्टफुट्ट सवारीसाधन देखिन्छ भने पैदलयात्रुको चहलपहल पनि खासै छैन। सार्वजनिक सवारी कम चल्दा यात्रुलाई गन्तव्यमा पुग्न कठिनाइ भएको छ। प्रहरीका अनुसार फूलपातीको दिनसम्मै स्थलमार्गबाट काठमाडौँ बाहिर जानेको संख्या १९ लाख पुगेको थियो। त्यो क्रम टीकाको दिनसम्म रहनेछ।

‘बल्ल पीडा सुन्ने मुखिया पायौं’

पूर्व गल्थो, दक्षिण गागन र पश्चिम सहजा नदीले घेरिएको छ औरही गाउँपालिका । यादव बाहुल्य यो गाउँपालिकामा साह, सिंह (दनुवार), मुसहर, चमार र डोम जातिको मिश्रित बसोवास छ । दुई दशकदेखि थेग्रिएर बसेको पीडाको भारी गाउँका ‘मुखिया’ (अध्यक्ष) समक्ष बिसाउन जनता अतुर छन् ।

सुनेको मधेस, देखेको मधेस

‘हामी कुन धारणा लिएर मधेस आएका थियौँ, मधेसमा यस्तो हुन्छ, उस्तो हुन्छ, कति झगडा पर्ने हो, के हुने हो ? हामीलाई के नजरले हेर्लान् ? तर, मधेस र मधेसीहरू यति अनुशासित, यति सौम्य देख्यौँ कि हाम्रो धारणा बदलिएको छ ।’ काडमाडौँबाट खटिएका ती प्रहरीले यसो भनेथे ।

सोलमा सुनिँदै नेपथ्य

प्रसिद्ध सांगितक ब्यान्ड नेपथ्य दक्षिण कोरियाको राजधानी सोलमा गुञ्जिने भएको छ । नेपथ्य ओलम्पिक पार्कमा रहेको ओलम्पिक हलमा आगामी असोज १८ गते सुनिने तय भएको हो । यसअघि चार पटक कोरियाली राजधानीमा आफ्नो प्रस्तुति दिइसकेको नेपथ्यले फेरि एकपटक आफूलाई त्यसै सहरको विशेष स्थानमा उभ्याउन लागेको हो ।

रौतहटमा सुरु भयो धुर्मुस-सुन्तलीको चौथौ परियोजना (फोटो फिचर)

हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस्)ले आफ्नो जन्मदिन पारेर रौतहटका बाढीपिडितहरुका लागी एकिकृत नमुना सन्तपुर बस्तीको शिलान्यास गरेका छन्।

प्रहरीद्वारा ठूलो मात्रामा सुनका गहना बरामद, घटना गुपचुप गर्ने प्रयत्न

प्रहरीले कैलालीका दुई ठाउँबाट भारतवाट चोरी ल्याएको करिब ८ सय ग्राम सुन र हिरा मोती बरामद गरेको छ।

‘ब्रिफिङ’ नसुन्ने ‘ब्रिफकेस’ हेर्ने

एकजना नवनियुक्त मन्त्री आफू मातहत संस्थानका प्रमुखलाई बोलाउँछन् । आफ्नो संस्थानमा भइरहेका काम र योजनाबारे जानकारी गराउन तयारीसाथ फाइलसहित ती कर्मचारी मन्त्रीको अघिल्तिर उपस्थित हुन्छन् ।  ‘एमडी सा‘ब, कति करोड दिनुहुन्छ ?’

दूध बेचेर गुजारा गर्नेको प्रश्न: ‘चुनावसुनावमे लगलासँ कथी होतै’

स्थानीय तह निर्वाचनअन्तर्गत तेस्रो चरणमा अगामी असोज २ गते दुई नम्बर प्रदेशमा हुने चुनावको सरगर्मीले यति बेला नेतालाई मात्रै होइन, तिनका परिवार र आफन्तलाई पनि छोएको छ।

सुन तस्करीको पैसा होटलदेखि बैंकसम्म लगानी

भोटेकोसी गाउँपालिकामा चुनाव जितेपछि अन्य उम्मेदवार खुसी थिए तर अध्यक्षमा विजयी राजकुमार पौडेल त्यत्ति खुसी थिएनन् किनकि उनलाई व्यवसाय बिग्रने चिन्ता थियो । उनी समकक्षी व्यापारीसँग गुनासो गर्थे, ‘चुनाव त जितियो, तर व्यवसाय चौपट हुने भयो ।’

सुन तस्करका नाइके माओवादी नेता

भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल भदौ २० मा एक्कासि बिदामा बसे । उनी कामको सिलसिलामा बाहिर जानुपर्ने भन्दै उपाध्यक्ष दाबुटी शेर्पालाई कामु जिम्मेवारी दिएर सम्पर्कविहीन भए । २० दिन बिदा लिएर बसेका पौडेलको मोबाइल अहिले स्विच अफ छ।

सुन्दरी बन्न काठमाडौं

राजधानीमा च्याउ उम्रिएसरि सौन्दर्य प्रतियोगिताहरू भइरहे पनि मोफसलमा भने त्यतिधेरै सौन्दर्य प्रतियोगिता हुँदैनन् । मोफसलमा समय–समयमा हुने सौन्दर्य प्रतियोगितामा स्थानीय युवतीहरूको सहभागिता पनि उल्लेख्य नै हुन्छ । तर, केही युवती यस्ता पनि छन्, जो मोफसलको सौन्दर्य प्रतियोगिताभन्दा राजधानीमा हुने सौन्दर्य प्रतियोगितालाई प्राथमिकता दिन्छन् । आगामी असोज ६ गते राजधानीमा हुन लागेको ‘मिस टिन नेपाल’मा सहभागिता जनाउन केही युवतीहरू यतिबेला राजधानी आएर बन्द प्रशिक्षणमा व्यस्त छन् ।

भुक्तानी गर्न अवैध सुन प्रयोग

पहेंलो धातु सुनको अवैध कारोबार फस्टाउनुमा भन्सारमा हुने न्यून बिजकीरण एउटा प्रमुख कारण रहेको सरकारी अधिकारीहरुले बताएका छन् । भारतबाट नेपालमा सामान ल्याउँदा भन्सारमा न्यून बिजकीकरण गर्ने व्यवसायीले सामानको भुक्तानी पठाउन सुन प्रयोग गर्दै आएको ती अधिकारीहरुको भनाइ छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्