१० मंसिर २०८१ सोमबार
image/svg+xml

सुन व्यवसायी नै तस्करीमा

सुनको वैध कारोबार गर्न सरकारसँग अनुमति लिएर गहना व्यवसायमा संलग्न व्यवसायी नै सुन तस्करीमा संलग्न देखिएका छन् । वैध सुनको बजार मूल्यभन्दा सस्तो पाउँदा बजारमा तस्करीको सुन फैलाउनमात्रै हैन केही सुन व्यवसायी प्रत्यक्ष रूपमा आफैं तस्करीमा संलग्न रहेको अभियोगमा अदालतमा अझै मुद्दा खेपिरहेका छन् ।

‘चुनाव खर्च जुटाउन’ सुन तस्करी

सरकार स्थानीय तहको निर्वाचन मिति घोषणाको गृहकार्यमा सक्रिय रहेका बेला राजधानीमा तस्करीको सुन बरामद हुने क्रम ह्वात्तै बढ्यो । लामो समयदेखि निर्वाचन चर्चामै समेटिएको थियो । गत पुसमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता निर्वाचनका लागि सहमत भएसँगै मिति घोषणाको गृहकार्य सुरु भयो ।

रक्तचन्दन तस्कर नै सुन तस्करीमा

विगतमा खासा नाका भएर रक्तचन्दन तस्कर गर्दै आएको समूह पछिल्ला दिनमा रसुवाको केरुङ नाकाबाट सुन तस्करीमा सक्रिय हुन थालेको छ । काठमाडौंमा गत सोमबार बरामद ८८ किलो सुनको अनुसन्धान गर्दाे चीन र नेपालमा रहेको पुरानै तस्कर समूह केरुङ नाका हुँदै सुन भिœयाउन सक्रिय देखिएको प्रहरीले जनाएको छ ।

८८ केजी सुन बोकेको गाडीको रेकर्ड सेना र सशस्त्रसँग छैन

अठासी किलो सुन प्रकरणमा रसुवाबाट दुईजना सवारी चालक पक्राउ परेका छन्। जिल्ला प्रहरी प्रमुख शरतकुमार थापाक्षेत्रीका अनुसार पक्राउ पर्नेमा रसुवा जिल्ला स्याफ्रुबेँसीका दम्बा तामाङ र सिन्धुपाल्चोकका दिलीप खड्का रहेका छन्।

सुन तोलाको ५७,५००

अन्तर्राष्ट्रिय बजारमा भर पर्ने सुनको मूल्य एक वर्षयता कै उच्च बिन्दुमा पुगेको छ । पछिल्लो समय अमेरिका र उत्तर कोरियाबीच विवाद बढ्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको हो ।

४४ करोड सुनका लगानीकर्ता को हो ?

महानगरीय प्रहरी अपराध महाशाखाले बरामद गरेको ८८ किलो सुनको मूल्य बुधबार अन्तर्राष्ट्रिय बजारमा करिब ४४ करोड रुपैयाँ छ । नेपालको भन्सारदर १० ग्रामबराबर ४ हजार २ सय रुपैयाँ हो । यसका आधारमा भन्सार छलेर सुन नेपाल भित्र्याउँदा किलोमा करिब ४ लाख रुपैयाँ फाइदा हुन्छ ।

सुन तस्करीमा ६ गाडी, पहिचान गर्न विशेष चिह्न

८८ किलो सुन फेला परेको बा १७ च ६४२७ नम्बरको गाडीको देब्रेतिर सुनको जलप लगाएको विशेष चिह्न थियो, जसमा अंग्रेजीमा लेखिएको थियो भिआइपी ।

८८ केजी सुन काठमाडौं पुर्‍याउन तीन पटक चालक परिवर्तन

चीनको केरूङबाट तस्करी गरी ८८ किलो सुन काठमाडौं पुर्‌याउने कार्यमा संलग्न सवारी साधनमा तीन पटक चालक परिवर्तन भएको देखिएको छ। सोमबार र मंगलबार गरी रसुवामा दुई जना सवारी चालक पक्राउ गरेको छ। काठमाडौंमा एक जना सोमबार नै पक्राउ परिसकेका छन्।

हजार बालबालिकालाई धुर्मुस–सुन्तलीको सहयोग

बाढीबाट अत्यन्त प्रभावित बालबालिकालाई धुर्मुस–सुन्तली फाउन्डेसनले स्टेशनरी सहयोग गरेको छ। सदरमुकाम गौर र आसपासको बस्तीमा दश फिटसम्मको पानी जमेर धेरै घरपरिवारको विचल्ली बनाएपछि लेखपढ गर्न गाह्रो भएका विद्यार्थीलाई फाउन्डेशनले स्टेशनरी सहयोग उपलब्ध गराएको हो।

ऊर्जाका गुनासा सुन्न ११५१ टोल फ्री नम्बर

सरकारले ऊर्जासँग सम्बन्धित जनगुनासो तत्काल सम्बोधन गर्न टोल फ्री नम्बर ११५१ सञ्चालनमा ल्याएको छ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले ऊर्जा मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा ऊर्जासँग सम्बन्धित जनताको गुनासो तत्काल सम्बोधन गर्ने उद्देश्यले उक्त टोल फ्री नम्बरको थालनी गरे ।

सुन-डलर तस्करीमा केरुङ-काठमाडौं ‘कनेक्सन’

शक्तिशाली भूकम्पका कारण सिन्धुपाल्चोकको खासा नाका बन्द भएपछि चीनसँगको व्यापारलाई सहज बनाउन रसुवाको केरुङलाई मुख्य नाका बनाउन सरकार सक्रिय छ ।

राजधानीबाटै तस्करीको ८८ केजी सुन बरामद

प्रहरीले राजधानीबाट अहिले सम्मकै तस्करीको ठूलो परिमाणको सुन सहित एक जनालाई पक्राउ गरेको छ। सोमबार बिहान २ बजे क्षेत्रपाटीबाट बा १७ च ६४२७ नम्बरको गाडीबाट ८८ केजी सुन सहित चालक मनोज अधिकारीलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले बताए। प्रहरीका अनुसार उक्त सुन केरुङ नाकाबाट काठमाडौं भित्रिएको प्रारम्भिक अनुमान गरिएको छ। सुन राजधानी ल्याएर काठमाडौं बाहिर लैजान खोजिएको प्रहरीले अनुमान गरेको छ।

नेपालमा संगठित सुन तस्करी गिरोह सक्रिय, चीनबाट ल्याएर भारतमा बिक्री

उत्तरी नाकाबाट सुन भित्र्याउँदै भारतमा लिएर बिक्री गर्ने गिरोह सक्रिय हुँदै गएको पाइएको छ । खासगरी चीनसँग सीमा जोडिएका नाकामा नेपालको कमजोर सुरक्षा व्यवस्थाको फाइदा उठाउँदै गिरोहले धमाधम सुन तस्करी गरिरहेको हो । पछिल्लो समयमा प्रहरीले चीनबाट २२ केजी सुन तस्करी गरेर भारतमा बिक्री गर्ने गिरोहका सदस्यलाई पक्राउ गरेपछि संगठित गिरोह सक्रिय भइरहेको तथ्य खुलेको छ ।

मनसुन केही दिन अझै सक्रिय

मौसम पूर्वानुमान महाशाखाले दुई–तीन दिनसम्म मनसुन सक्रिय रहने जनाएको छ । महाशाखाका मौसमविद् वरुण पौडेलले आइतबारसम्म मनसुन सक्रिय रहने जानकारी दिए । ‘लगातार र धेरै क्षेत्रफलमा वर्षा हुने किसिमको ठूलो प्रणाली देखिँदैन’, उनले भने, ‘भयावह वर्षाको सम्भावना पनि छैन ।’

‘मिस टिन’मा ३० सुन्दरी

सन् २०१७ का लागि आयोजना हुन लागेको ‘मिस टिन’को १५ औं संस्करणको दोस्रो अडिसनमा ३० जना प्रतिस्पर्धी छानिएका छन् । पहिलो चरणबाट छानिएका ४५ जना प्रतिस्पर्धीबीच गरिएको दोस्रो अडिसनबाट ३० जना छानिएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्