७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

राजधानीबाटै तस्करीको ८८ केजी सुन बरामद

काठमाडौं- प्रहरीले राजधानीबाट अहिले सम्मकै तस्करीको ठूलो परिमाणको सुन सहित एक जनालाई पक्राउ गरेको छ। सोमबार बिहान २ बजे क्षेत्रपाटीबाट बा १७ च ६४२७ नम्बरको गाडीबाट ८८ केजी सुन सहित चालक मनोज अधिकारीलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले बताए। 

सिआइवी र महाशाखा दुवैमा एक साता अघि मात्रै नेतृत्व फेरिएपछि तस्करीको सुन बरामत हुने शृङखला सुरु भएको हो। ब्यूरोमा डिआइजी पुस्कर कार्कीले १८ केजी सुन बरामद गरी शृङखलाको प्रारम्भ गरे।

प्रहरीका अनुसार उक्त सुन केरुङ नाकाबाट काठमाडौं भित्रिएको प्रारम्भिक अनुमान गरिएको छ। सुन राजधानी ल्याएर काठमाडौं बाहिर लैजान खोजिएको प्रहरीले अनुमान गरेको छ। पाँच दिन अघि मात्र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले राजधानीबाट १८ केजी सुन फेला पारेको थियो। उक्त सुन पनि केरुङ नाकाबाट भित्रिएको व्यूरोले दावी गरेको थियो।

ब्यूरोले करिब ४ बर्ष अघि राजधानीमा ३५ केजी सुन फेला पारेको थियो। उक्त सुन खासाबाट भित्र्याइएको थियो। डेढ बर्ष अघि पनि हवाईमार्ग हुँदै राजधानी ल्याइएको ३३ किलो सुन प्रहरीले फेला पारेको थियो। विमानस्थलबाट ३३ किलो सुन भित्र्याउने गिरोह पक्राउ परेपछि सुन तस्कर पक्राउ पर्ने शृङखला रोकिएको थियो। हवाई मार्ग हुँदै आउने यात्रुले बोकेको परिणाम भन्दा बढी सुन बरामदमा प्रहरी खुम्चिएको थियो। तर बजारमा सुन अभाव भने देखिएको थिएन।

बजारमा सामान्य अवस्थामा पनि ४० केजी सुन दैनिक माग हुने गर्छ। पुराना गहना करिब दैनिक १५ केजी र सरकारी कोटाको दैनिक १५ केजी सुन जोड्दा पनि १० केजी सुन बजारमा अभाव हुन्छ। यसको अर्थ सुन तस्करी रोकिएको थिएन। सिआइवी र महाशाखा दुवैमा एक साता अघि मात्रै नेतृत्व फेरिएपछि तस्करीको सुन बरामत हुने शृङखला सुरु भएको हो। ब्यूरोमा डिआइजी पुस्कर कार्कीले १८ केजी सुन बरामद गरी शृङखलाको प्रारम्भ गरे। व्यूरोबाट सरुवा भएर महाशाखा गएका एसएपी लोहोनीले ८८ केजी बरामद गरी नेपालमा कुन परिमाणमा सुन तस्करी भैरहेको छ भन्ने पुष्टि गरे।

नेपालमा प्रारम्भमा हवाईमार्ग हुँदै सुन तस्करी हुँदै आएको थियो। भूकम्प अघिसम्म खासाबाट स्थलमार्ग हुँदै तस्करी हुने गरेको थियो। भूकम्प पछि खासा नाका बन्दभएपछि केरुङ नाका सञ्चालनमा आएसँगै सुन तस्करी समेत बढेको छ।

 

 

प्रकाशित: १९ भाद्र २०७४ ०६:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App