१६ असार २०८१ आइतबार
image/svg+xml

महामुर्ख सम्मेलन चैत ११ मा

मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष होलीको अवसरमा आयोजना गर्दै आएको महामुर्ख सम्मेलन आगामी चैत्र ११ गतेबाट सुरु हुने भएको छ।

मिथिलामा ‘लाइ’ बनाउन भ्याइनभ्याई

मैथिल धमाधम ‘सनेस’ (कोसेली) पुर्याउने चटारोमा छन्। घरघरमा पर्व मनाइएपछि मिथिलामा ‘सनेस’का लागि ‘लाइ’ बटार्ने (बनाउने) चटारो हुन्छ।

मधेसमा तिलासँक्रायत

मधेस प्रदेशमा आज तिलासँक्रायत पर्वको उमङ्ग छ। माघ सङ्क्रान्तिका दिन मनाइने यो पर्वमा घरघरै ‘लाई’ (तील, चिउरा, मुरी र जुनेलाका सख्खरको खुँदोमा मिलाएर बनाइएका लड्डु) खाने, ख्वाउने परम्परा छ।

जनकपुरबाट आज कोसेली लिएर अयोध्या जाँदै मिथिलावासी

जानकी मन्दिरका छोटे महन्त रामरोशन दासको नेतृत्त्वमा अहिले केहीबेरमा बाजागाजासहितको टोली भारतका लागि प्रस्थान गर्नेछ।

तिलासक्रायत पर्वको जोहोमा जुट्दै मैथिल

मधेसका प्राचीन मिथिला क्षेत्रका महोत्तरीसहितका जिल्लामा तिलासक्रायत (माघेसंक्रान्ति) पर्वको तयारीमा मैथिल (मिथिलाका बासिन्दा) जुटिसकेका छन्।

काँग्रेस मधेश प्रदेश सम्मेलन आजदेखि, सभापति देउवा जनकपुर आउँदै

आज र भोलि दुई दिनसम्म चल्ने सम्मेलनको बन्दसत्र महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजना हुनेछ।

मधेशमा मनाइँदै छ ‘लबान’ पर्व

तराई/मधेशका जिल्लामा आज ‘लबान’ (नयाँ अन्न प्रचलनमा ल्याउने) पर्व मनाईँदै छ। अन्नबालीको उर्वर भूमि मानिने मधेसका जिल्लामा यज्ञादि होम गरेपछि वर्षभरिकै दैनिक उपभोग र शुभकार्यमा अन्नचल्ने मान्यता रही आएको छ।

प्रकृति-मानव तादात्म्य: छठ

सूर्य देवताको पूजा आराधनामा केन्द्रित छठ पूजा सनातन हिन्दु धर्मावलम्बीहरूले वैदिक कालदेखि नै मान्दै आएको एक प्रमुख पर्व हो।

छठमय मिथिला: उल्लासमय वातावरण

विपन्न वर्गमा दुःख भए पनि अहिलेलाई त्यो लुकेको छ। गाउँका गरिब अभाव, दुःख र अन्य पीडा बिर्सेर खुसी साटी रहेका देखिन्छन्।

सुरु भयो तराई मधेशमा सूर्य उपासनाको पर्व ‘छठ’ को तयारी

तराई मधेशमा मनाइने सूर्य उपासनाको पर्व छठको तयारी सुरु भएको छ। निकै कठिन मानिने छठको तयारी सुरु भएसँगै बजारमा चहलपहल बढेको छ।

लोक चित्रकला प्रतियोगिता गरिने

शौर्य सिमेन्टले यस वर्षदेखि आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मधेस प्रदेशलाई लक्षित गरी ‘शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता–२०८०’ ल्याएको छ।

मिथिलाञ्चलको घरआँगनमा झिझियाको लोकभाका गुञ्जिन थाल्यो

‘तोहरे भरोसे बरहम बाबा झिझिरी बनेलियै हो बरहम बाबा झिझिया पर होइयौ ने सवार अबोधबा बालक तोहर किछियो ने जनैछौं हो।दसैँ सुरु भएसँगै जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलको घरआँगनमा अहिले यस्तै लोकभाकाका झिझियाका गीत गुञ्जिन थालेको छ।

मिथिलामा ‘दशहरा’को रमझम सुरु

असोज शुक्लपक्षको प्रारम्भसँगै महोत्तरीसहितका मिथिला क्षेत्रमा दशहारा (शारदीय नवरात्र, बडादसैँ) पर्व सुरु भएसँगै चहलपहल बढेको छ।

मिथिलामा जितीया पर्वको तयारी

महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष (सो¥हश्राद्ध) सुरु भएपछि सन्तान हुने मिथिलानी (मिथिलाका नारी) जितीया पर्वका लागि तयारीमा जुटेका छन्। यस वर्ष यो पर्व यही असोज १९ गते शुक्रवार परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्