१८ असार २०८१ मंगलबार
image/svg+xml

जानकी मन्दिरको दर्शनका लागि राष्ट्रपति पौडेल जनकपुर जाँदै

राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुर जाँदैछन्। जानकी मन्दिर दर्शन गर्ने मुख्य कार्यक्रमसहित राष्ट्रपति पौडेल आज जनकपुर जान लागेका हुन्।

मिथिला क्षेत्रमा आज तीनवटा पर्व मनाइँदै

मधेसको प्राचीन मिथिला क्षेत्रमा आज तीनवटा पारम्परिक पर्व एकसाथ मनाइँदैछन्। सौरमासको असोज सङ्क्रान्तिका दिन मनाइने ज्यावलका देवता विश्वकर्मा पूजनोत्सव तथा चन्द्रमासको भदौ शुक्ल तृतीया र चौथीका दिन मनाइने क्रमशः तीज र लोकआस्थाको पर्व चौरचण्ठ (चौरचन, चौठीचान)तिथिको भोग घटबढले आज एकै दिन परेको हो।

आज मिथिलाञ्चलमा चौठचन्द्र अर्थात् चौरचन पर्व मनाइँदै

मिथिलाञ्चलमा प्रसिद्ध चौठचन्द्र अर्थात् चौरचन पर्व आज मनाइँदैछ। हरेक वर्ष भदौ शुक्लपक्ष चतुर्थीका दिन यो पर्व मनाइने गरिन्छ।मैथिली साहित्यका जानकार प्राज्ञ एवं वरिष्ठ पत्रकार रामभरोस कापडीले जनकपुरधामसहित मिथिलाञ्चलवासीले चौठचन्द धुमधाम साथ मनाइरहेका जानकारी दिए।

‘एक भगवत गीता’ मधेसको कथा भन्नुपर्छ : निर्देशक झरना थापा

अभिनेत्री झरना थापाले निर्देशन गरेको नयाँ चलचित्र ‘एक भगवत गीता’ को अधिकांश छायाङ्कन जनकपुरमा गरिएको छ।

मिथिलामा श्रीकृष्ण जन्माष्टमीको उल्लास

महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका प्रत्येकजसो गाउँ/नगर बस्तीमा श्रीकृष्णका प्रतिमा स्थापित गरिएका छन्।

मिथिलामा आज राखी मनाइँदै

महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा आज ‘राखी’ पर्व मनाइँदै छ। चन्द्रमासको साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातको नाडिमा रक्षासूत्र ९डोरा, धागो० बाँधिदिने परम्पराको यो पर्वलाई मिथिलामा ‘राखी’ भनिने गरिएको हो।

नेपालीहरूको चेत खुल्यो भने नेपालमा राजतन्त्र फर्किनसक्छः जगमान गुरुङ

वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले राजाले बुद्धि पुर्‍याउन सके र नेपालीहरूको चेत खुलेको खण्डमा नेपालमा राजतन्त्र फर्किन सक्ने बताएका छन् ।

सरोज खनालको ‘बगान’ चौथो सातामा

सरोज खनालले निर्देशन गरेको चलचित्र बगान चौथो सातामा प्रदर्शन भइरहेको छ।पूर्ण पारिवारिक विधामा तयार पारिएको चलचित्रमा एकल आमाको कथालाई प्रमुख विषय बनाइएको छ।

सीता जयन्ती पर्व मनाइँदै

त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ।

मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिंदै

वसन्त पञ्चमीको अवसरमा महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका किसानले आज हलो र गोरुको पूजा गर्दै छन्।

मिथिलामा ‘भैयादुज’ पर्व मनाइँदै

मैथिल परम्पराको ‘भैयादुज’ पर्वमा दिदीबहिनीले दाजुभाइलाई निम्ता गर्ने चलन छ। विवाहित दिदीबहिनीको निम्ता मान्न दाजुभाइ नयाँ वस्त्र, आभूषण कोसेली लिएर जाने गर्छन्। पर्वमा दिदीबहिनीले घरमा पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो)ले अरिपन (चतुष्कोण घेरा) बनाएर त्यो सीमाभित्र काठको पिरामा दाजुभाइ बसाउँछन्।

मिथिलाका महान् जनकहरू र उपनिषद्कार याज्ञवल्क्य

द्वापरयुगको अन्त्यतिर करिब ३१०० वर्षअघिको कुरा हो, जनकपुरमा ठूलो विद्वत्सभाको आयोजना भएको थियो।

मिथिलाको मुहारमा हुम्लाको चिनो

एकातिर मिथिलाको प्राचीन गाथा झल्काउने आकर्षक सामग्री बेचेर सरिता मण्डल मुस्कुराउँदै छिन्। अर्कोेतिर हुम्लाकी बेलमती रोकाया परम्परागत खाद्य सामग्री चिनो, उवा, जिम्बुलगायतका सामग्रीको महत्व बुझाउँदै छिन्।

रेल सञ्चालनमा आएपछि रामजानकीमा भक्तजनको भीड

सन् १९११ मा जानकी मन्दिर निर्माण गरिए पनि मध्यभारत लोहागढका सन्त शुरकिशोर दासले १५औं शताब्दीमा जनकपुरधामको खोज गरी मन्दिरको जग बसाएको भनाइ छ। शुरकिशोर दास माता जानकीको अनन्य भक्त थिए। १४१७ सालमा भारतको राजस्थानस्थित लोहागढबाट जनकपुर आएका आदि महन्थ सुरकिशोरदास वैष्णवले राम जानकीको प्रतिमा फेलापारेको बताइन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्