२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

जानकी मन्दिरको दर्शनका लागि राष्ट्रपति पौडेल जनकपुर जाँदै

राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुर जाँदैछन्। जानकी मन्दिर दर्शन गर्ने मुख्य कार्यक्रमसहित राष्ट्रपति पौडेल आज जनकपुर जान लागेका हुन्।  

राष्ट्रपति पौडेलको यसअघि जनकपुर जाने कार्यक्रम स्थगित भएपछि आज उनी जनकपुर जाने बताइएको छ। राष्ट्रपति पौडेल अहिले बिहान ९ बजे जनकपुरका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ। 

जनकपुरमा रहँदा राष्ट्रपति पौडेलले जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ। 

जसको सम्पूर्ण तयारी पूरा भइसकेको छ। दिउँसो १ बजेबाट सांस्कृतिक केन्द्र सभा हलमा जनकपुरधाम उपमहानगरपालिले राष्ट्रपतिको सम्मानमा नागरिक अभिनन्दन कार्यक्रमको आयोजना गर्ने भएको छ।  

प्रकाशित: ८ आश्विन २०८० ०२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App