१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

‘जनक नगरिया भेलै शोर हे सुहावन लागे’

अवध नगरिया से एलै बरियतिया हे सुहावन लागे,

जनक नगरिया भेलै शोर हे सुहावन लागे,

राम सिन्दुर लिय हाथ सोन सुपारी के साथ, सिता उघारी लिय माँग सिन्दुर लयला ।।

रघुवर शीरपर शोभे मौरी, सिता सबदिन पुजथि गौरी, सिता उघारी लिय माँग सिन्दुर लयला ।।

विवाहपञ्चमी महोत्सवमा मिथिला नगरी जनकपुरधाम यस्तै मौलिक गीतमा मग्न छ । रामसीताको विवाहोत्सव अवलोकन गर्न नेपाल तथा भारतबाट आएका लाखौं श्रद्धालुले मिथिला नगरी रमाएको छ। विवाह पञ्चमी महोत्सवअन्तर्गत आज भगवान् रामसीताको विवाहको उल्लासमा मिथिला मग्न छ।  

अवधको राजधानी अयोध्या(हालको उत्तरप्रदेश) र मिथिलाको राजधानी जनकपुरधाम(हालको मधेस प्रदेश)मा रामसीता विवाहोत्सवको धुम छ। त्रेता युगमा गाँसिएको पौराणिक र धार्मिक सम्बन्धको साक्षी बन्नका लागि जनकपुरधाम आएका श्रद्धालुहरूले जानकी मन्दिर भरिभराउ छ। श्रद्धालुहरू जानकी मन्दिरको प्राङ्गणमा नभई मधेस प्रदेशको राजधानी जनकपुरधाम भरिभराउ छ।

त्रेता युगमा मिथिलाका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच गाँसिएको वैवाहिक सम्बन्धलाई आदर्श मानिन्छ। आदर्श जोडी रामसीताको विवाह उत्सव प्रत्येकवर्ष जनकपुरमा मंसिर शुक्ल पञ्चमीका दिन मनाइन्छ। साताव्यापी महोत्सवमा हुने सबै विधिहरू मौलिक परम्परा अनुसार हुन्छ।

आइतवार अबेर राति जानकी मन्दिरको भव्य मण्डपमा मैथिल मौलिक संस्कृतिअनुसार रामसीताको वैवाहिक कार्यक्रम सम्पन्न भएको छ। आइतवार दिउँसो जनकपुरको बाह्रबिघा (रंगभूमि मैदान)मा रामसीताको स्वयंवर सम्पन्न भएको थियो। जानकी मन्दिरबाट माता जानकी र राममन्दिरबाट भगवान् रामको डोला लाखौं श्रद्धालुहरूको साथ रंगभूमि मैदानमा पुगी स्वयंवर गर्ने कार्यक्रम छ।

रामसीताको डोलाबीच स्वयंवर सम्पन्न भएपछि आइतवार राति जानकी मन्दिरको भव्य मण्डपमा मैथिल संस्कृतिअनुसार वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ। सप्ताहव्यापी रामजानकी विवाह महोत्सवमा स्वयंवरअघि शोभायात्रा निकानिनेछ।

त्रेता युगमा राम जानकीको विवाह भएको अवसर पारी मंसिर शुक्लपञ्चमीको दिन सीताको जन्मस्थल जनकपुरधाममा प्रत्येक वर्ष विशेष महोत्सव आयोजन हुँदै आएको छ।

लाखौं श्रद्धालुहरूको सहभागिता रहने विवाहपञ्चमी महोत्सवमा सीसीटीभी र ड्रोन क्यामराहरूबाट सहरका विभिन्न क्षेत्रहरूमा सुरक्षाको व्यवस्थापन गरिरहेको धनुषा प्रहरी प्रमुख(एसपी) मित्रबन्धु शर्माले बताए। विगतका वर्षहरूमा महोत्सवमा भीडभाडको मौका पारेर लुटपाट र चोरीका घटनाहरू हुँदै आएकोले यस वर्ष त्यस्ता आपराधिक गतिविधिहरूलाई नियन्त्रण गर्न सक्दो लागिपरेको शर्माले बताए। सादा पोसाकमा महिला र पुरुष प्रहरीहरू अत्यधिक संख्यामा परिचालन गरिएको पनि उनले बताए।  

त्यसैगरी शिवचोक, गंगासागर, जनकचोक, जानकीचोक, रामचोक, जानकी मन्दिर, सोरनपट्टी, महावीरचोक, रामानन्दचोक अस्पताल रोड, यात्री निवास, संकटमोचनलगायतका बढी भीडभाड हुने स्थानहरूमा प्रहरीको निगरानी थप गरिएको छ। त्यसैगरी सुरक्षालाई ध्यानमा राख्दै मेलामा आउने भक्तजनहरूलाई गरगहना पहिरेर नआउन प्रहरी अपिल गरेको छ।

प्रकाशित: १ पुस २०८० ०८:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App