७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

जनकपुरबाट आज कोसेली लिएर अयोध्या जाँदै मिथिलावासी

भारतको अयोध्यामा राम मन्दिरको उद्घाटन समारोहका लागि आज जनकपुरबाट भार (कोसेली) लिएर जाँदैछ। जानकी मन्दिरका छोटे महन्त रामरोशन दासको नेतृत्त्वमा अहिले केहीबेरमा बाजागाजासहितको टोली भारतका लागि प्रस्थान गर्नेछ।  

आज बिहानै जानकी मन्दिरमा साधुसन्तसहित श्रद्धालुहरू भेला भएका छन्। भगवान रामको ससुराली घर भएका कारण अयोध्यामा राम मन्दिर उद्घाटन समारोहमा विशेष भारत पठाउन लागिएको हो।

गरगहना, चाँदीका भाडाकुडा, फलफूल, लत्ताकपडा, मिठाई, फलफूल, मिथिलाका पकवानसहित ११ सयभन्दा बढी थाल भारमा पठाउन लागिएको हो।

२२ जनवरीका दिन भारतको उत्तर प्रदेशस्थित अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा हुनेछ। जसका लागि २५१ जनालाई अयोध्याबाट निम्तो आएको छ।

भारसहितको टोलीले जनकपुरधामको परिक्रमा गर्दै जलेश्वर तर्फ प्रस्थान गर्नेछ। त्यहाँबाट हुलाकी सडक हुँदै सम्सी कन्मा, मलङ्गवा, सिमरौन, कलैया, गढीमाई हुँदै विरगञ्जमा रात्री बास बस्ने कार्यक्रम रहेको रामरोशन दासले बताए।

उनका अनुसार भोलि मात्रै भारसहितको टोली वीरगञ्जबाट भारतको रक्सौल बोर्डर हुँदै बेतिया, गोरखपुर र अन्तिममा अयोध्या पुग्ने छ। अर्को दिन ६ तारिक बिहान ९ बजे भारलाई राम जन्म भूमी ट्रष्टलाई हस्तान्तरण गर्ने र राम मन्दिर दर्शन गर्ने उनले बताए।

जनकपुरबाट मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव पनि वीरगञ्जसम्म जान लागेका छन्।

प्रकाशित: १९ पुस २०८० ०४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App