१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

महामुर्ख सम्मेलन चैत ११ मा

फाइल तस्बिर

मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष होलीको अवसरमा आयोजना गर्दै आएको महामुर्ख सम्मेलन आगामी चैत्र ११ गतेबाट सुरु हुने भएको छ।

परिषदका महासचिव शैलेन्द्र मल्लिकका अनुसार शुक्रवार बसेको कार्यसमितिको बैठकले आगामी चैत्र ११ गते होली महोत्सव तथा १२ गते महामुर्ख सम्मेलनको आयोजना गर्ने निर्णय गरेको छ।

अन्तगृह परिक्रममाको तिथी मितिमा हेरफेर भए महामुर्ख सम्मेलनको समय पनि एक दिन अघि पछि सर्न सक्ने सम्भावना रहेको महासचिव मल्लिकले बताए।

सम्मेलनको तयारीका लागि मिनापका अध्यक्ष परमेश झाको अध्यक्षतामा ३१ सदस्यीय मूलसमारोह समितिको समेत गठन गरेको छ। गठित समितिमा मिनापका कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरू, पूर्व अध्यक्षहरू रहेका छन्।

राममन्दीर परिसर जनकपुरधाममा आयोजना गरिने होली महोत्सव तथा महामुर्ख सम्मेलनको तयारीका लागि होली टिम चयन उपसमिति, सञ्चार उपसमिति, उपाधि वितरण छनोट समिति, कार्यक्रम प्रस्तोता उप समितिलगायतका उपसमितिहरू पनि बनाइएका छन्।

महामुर्ख सम्मेलनमा यहाँका गनमान्य व्यक्तित्वहरू मध्ये छनोट गरी विभिन्न प्रकारको उपाधि दिने गरेको छ। 

प्रकाशित: १३ फाल्गुन २०८० १०:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App