शौर्य सिमेन्टले यस वर्षदेखि आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मधेस प्रदेशलाई लक्षित गरी ‘शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता-२०८०’ ल्याएको छ। कम्पनीका अनुसार यस प्रतियोगितामा मेधेश प्रदेशका १६ वर्ष भन्दा माथिका महिला सहभागी हुन सक्नेछ।
प्रतियोगिता तीन चरणमा सम्पन्न हुने भएको छ। पहिलो चरणमा सहभागीले जानकारी एवम् आफ्नो चित्रकलाको प्रतिलिपि कम्पनीको वेबसाइट/फेसबुक पेजको क्युआर कोड स्क्यान गरी फारम बुझाउनुपर्नेछ।
प्रकाशित: २३ कार्तिक २०८० ०३:५५ बिहीबार





