१० मंसिर २०८१ सोमबार
image/svg+xml

उपाध्यक्षका तीन पदमा अाठ अाकांक्षी, युरोपको मत निर्णायक

शनिवारदेखि सुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन तथा महाधिवेशनमा भाग लिन अधिकांश प्रतिनिधि काठमाडौं आइसकेका छन्। एनआरएनको नयाँ नेतृत्व चयनका लागि सोमवार मतदान हुँदैछ। विभिन्न देशबाट आएका प्रतिनिधिले आ–आफ्नो चुनावी रणनीति तय गर्न काठमाडौंका विभिन्न होटलमा अड्डा जमाएका छन्। भावी नेतृत्व लिन सक्ने भएकाले महत्वपूर्ण मानिने उपाध्यक्षको २ (खुल्ला) पदमा अहिलेसम्म ६ जना आकांक्षी देखिएका छन्।

कुल आचार्यद्वारा उपाध्यक्षमा उम्मेदवारी घोषणा

गैर आवासीय नेपाली संघको अक्टोबर १४ देखि १७ सम्म हुने अन्तर्राष्ट्रिय महाधिवेशनमा युरोप क्षेत्र संयोजक कुल आचार्यले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उम्मेदवारी घोषण गर्दै उनले सात बुँदे प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरेका छन्।

एनआरएन उपाध्यक्षमै निरन्तरता दिने पन्तको घोषणा

गैरआवासीय नेपाली संघका वर्तमान उपाध्यक्ष कुमार पन्तले सोही पदमा निरन्तरता दिनेगरी चुनाबी अभियान सुरु गरेका छन् । जर्मनीको फ्रेकफर्ट आधारित होटल व्यवसायी उनले संस्थाभित्र मौलाएको ध्रुवीकरणलाई रोक्न र सबैलाई समेटेर अघि बढ्न आफूले उपाध्यक्ष पदमै निरन्तरता दिन चाहेको बताएका छन् ।

उपप्रमुख र उपाध्यक्षलाई अधिकारको भारी

अधिकांश सर्वसाधारणको बुझाइ छ– नगरपालिका उपप्रमुख र गाउँपालिका उपाध्यक्षको जिम्मेवारी प्रमुख÷अध्यक्षको अनुपस्थितिमा काम गर्नु हो । तर स्थानीय तहको शासन सञ्चालनसम्बन्धमा व्यवस्था गर्न बनेको ऐनले उपप्रमुख र उपाध्यक्षसम्बन्धी आमधारणालाई परिवर्तन गराएको छ ।

फोरम उपाध्यक्ष यादवको घरमा तोडफोड

उम्मेदवार छनोटको विषयमा विवाद हुँदा संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश संयोजक रेणुकुमारी यादवको घरमा सोमबार तोडफोड भएको छ।

संघीय समाजवादी फोरमका उपाध्यक्षलाई कार्यकर्ताले घरमै थुने

संघीय समाजवादी फोरम नेपालले टिकट टुंगो लगाएलगत्तै पार्टीभित्र हंगामा सुरु भएको छ। टिकट वितरणमा धाँधली गरेको भन्दै कार्यकर्ताहरुले नेताहरुविरुद्ध नाराबाजी सुरु गरेको छ।

आयोगले हिमाली र पहाडी जनतालाई अन्याय गर्‍यो : उपाध्यक्ष ज्ञवाली

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले निर्वाचन क्षेत्र निर्धारण आयोगले हिमाल र पहाडी क्षेत्रमा बसोबास गर्ने जनतालाई अन्याय गरेको बताएका छन्।

एनआरएन जापानको महिला उपाध्यक्षमा गुरुङको उम्मेदवारी घोषणा

एनआरएन जापानको २०१७-२०१९ कार्यकालको लागि महिला उपाध्यक्ष पदमा अनिता गुरुङ लामाले उम्मेदवारी दिने घोषणा गरेकी छन्। तमुधी जापानको वरिष्ठ उपाध्यक्षसमेत रहेकी गुरुङले सामाजिक कार्यका लागि आफूले उम्मेदबारी दिएको बताइन्।

योजना आयोगको उपाध्यक्षमा स्वर्णिम वाग्ले नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा स्वर्णिम वाग्ले नियुक्त भएका छन्। बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले वाग्लेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो। उनी योजना आयोगमा सदस्यका रुपमा कार्यरत थिए।

म्यादी प्रहरीद्वारा दलित संघ उपाध्यक्षको हत्या, लिजा र जंगीले गरे खुलासा

प्रहरीका तालिमप्राप्त कुकुरले मदिराले निम्ताएको एउटा हत्याकाण्डको पर्दाफास गरेको छ। तालिमप्राप्त प्रहरी कुकुर र लिजा र जंगीले घटनास्थलमा फेला पारेका सवुत सुँघेर हत्यामा संलग्न ब्यक्तिको बाटो पहिल्याएका हुन्।

स्थानीय तहको निर्वाचन हुन्छ: उपाध्यक्ष गौतम

नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले तोकिएको समयमा स्थानीय तहको निर्वाचन हुनेमा विश्वस्त रहन आग्रह गरेका छन्।

वरिष्ठ उपाध्यक्षमा गोल्छा र प्रधान भिड्दै

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु भएको छ। मुलुकको आर्थिक नीतिदेखि औद्योगिक र व्यावसायिक वातावरण निर्माण तथा निजी क्षेत्रका उद्योगी व्यवसायीको हकहित संरक्षणसम्ममा महासंघको भूमिका रहने हुँदा यसको नेतृत्व चयनले देशव्यापी चर्चा पाउने गर्छ।

नेपालमा लगानी गर्न उपयुक्त समय हो : उपाध्यक्ष पन्त

गैरआवासीय नेपाली संघ अष्ट्रियाले साधारण सभा सम्पन्न गरेको छ। साधारण सभामा नेपालका लागि अष्ट्रियाका राजदूत प्रकाशकुमार सुवेदी, गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त, एनआरएनए आइसीसी सदस्य रविचन्द्र भट्टराई लगायतको उपस्थिति थियो।

राप्रपामा ६ उपाध्यक्ष र ५ महामन्त्रीसहित पदाधिकारी मनोनित

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ६ जना उपाध्यक्ष र ५ जना महामन्त्री रहने गरी पार्टी पदाधिकारी नियुक्त गरेका छन्।

संशोधन प्रस्तावलाई थाती राखौं: उपाध्यक्ष ज्ञवाली

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले तीन तहको निर्वाचन नहुँदासम्मका लागि संसदमा दर्ता भएको संशोधन प्रस्तावलाई थाती राख्नुपर्ने बताएका छन्। उनले जनादेशबाट बन्ने सरकारले संशोधन प्रस्तावलाई अघि बढाउनुपर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्