१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

आयोगले हिमाली र पहाडी जनतालाई अन्याय गर्‍यो : उपाध्यक्ष ज्ञवाली

रुकुम – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले निर्वाचन क्षेत्र निर्धारण आयोगले हिमाल र पहाडी क्षेत्रमा बसोबास गर्ने जनतालाई अन्याय गरेको बताएका छन्। 

नेता ज्ञवालीले शनिबार बिहान प्रेस चौतारी रुकुमद्वारा आयोजित पत्रकार सम्मेलनमा आयोगले क्षेत्र निर्धारण गर्दा जनसंख्यालाई मात्र आधार मानेर हिमाल र पहाडी क्षेत्रमा बसोबास गर्ने जनतालाई अन्याय गरेको बताए। 

“आयोगले क्षेत्र निर्धाण गर्दा ३० प्रतिशत भूगोललाई र ७० प्रतिशत जनसंख्यालाई आधार मान्नुपर्ने थियो । तर ९० प्रतिशत जनसंख्यालाई र १० प्रतिशत मात्र भूगोललाई आधार बनाएको छ, उपाध्यक्ष ज्ञवालीले भने, यसले गर्दा आयोगले विभेद गरेर गम्भीर गल्ती गरेको छ।”  

६ नम्बर प्रदेश संयोजकसमेत रहेका उपाध्यक्ष ज्ञवालीले ६ नम्बर प्रदेशको राजधानी सुर्खेतमा बनाउने र यसको नाम कर्णाली प्रदेश राख्नको लागि एमाले प्रदेश समितिले निर्णय गरिसकेको जानकारी गराए । रासस 

प्रकाशित: १७ भाद्र २०७४ ०७:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App