२४ असार २०८१ सोमबार
image/svg+xml

एआइजीलाई कमाण्डर बनाएर सुन तस्करी अनुसन्धानमा विशेष व्यूरोको प्रवेश

सुन तस्करी प्रकरण पेचिलो बन्दै गएपछि प्रहरी महानिरीक्षक वसन्त कुँवरले सिआइबी प्रमुख एआइजी किरण बज्रचार्यलाई कमाण्डर तोकेर विशेष ब्युरोको डिआइजीलाई सहभागी गराएका छन्।

यस्तो छ तस्करले बनाएको सुनको अम्खोरा, यही बोकेर जान्छन् तस्करका भारतीय प्रेमिका

सुन तस्करीमा संलग्न चिनियाँको चर्तिकलास् भारतीय युवतीलाई प्रेमिका बनाएर क्यासिनो लैजाने, ठमेलमा राख्ने र सुन बोकाएर भारत पठाउने

घडीका पुर्जामा पनि सुन तस्करी

राजस्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको करिब ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गर्दा सात वटा विभिन्न व्यापारिक कम्पनीले घडीका पुर्जामा पनि सुन राखेर ल्याएको पाइएको छ।

सुन तस्करी प्रकरण: प्रहरीले माग्यो इन्टरपोलको सहयोग

नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा विदेशी नागरिकहरूको समेत संलग्नता देखिएकाले इन्टरपोलको सहयोग मागेको छ।

तस्करका 'ट्रिक': महिलालाई पशुपतिनाथ दर्शन गराउने, सुनका ‘कचौरा’ र ‘अम्खोरा’ दिँदै पठाउने

यसरी चिनबाट तस्करी गरिएको सुनलाई सजिलै र सुरक्षित तरिकाले भारत पुर्‍याउन ‘कचौरा’ र ‘अम्खोरा’ समेत बनाइँदो रहेछ।

सुन प्रकरणमा तानिएका झलकराम र छिरिङबीचको यस्तो छ कुराकानी

सुन तस्करी प्रकरणमै पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले विच्याटमा गरेको कुराकानी सिआइबीले फेला पारेको छ।

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समितिको मस्यौदा तयार

मंगलवार बिहान सिंहदरवारमा बसेको प्रमुख तीन दलका नेताहरु सम्मिलित कार्यदलले सो उच्चस्तरीय छानबिन समितिको मस्यौदा तयार पारेको हो।

सुन तस्करीको अनुसन्धान सिआईबीले नै टुंगोमा पुर्‍याउँछः गृहमन्त्री

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६१ किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले नै टुंगोमा पुर्‍याउने बताएका छन्।

सुन तस्करी सामान्य हेलचेक्र्याँइले भएको होइन, ठूलै मान्छेको संलग्नता छः कानूनमन्त्री गुरुङ

कानून, न्याय तथा संसदिय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेता सबैको सम्पती छानबिन गर्ने दिशातर्फ सरकार अघि बढ्ने बताएका छन्।

सुन तस्करीसँग मेरो परिवारलाई जोडेर लेखेको समाचार झुटो हो, कानुनी कारबाहीमा जान्छुः ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सुन तस्करी प्रकरणमा आफ्नो परिवारको नाम जोडेर आएको समाचारप्रति आपत्ति जनाएका छन्।

सुन तस्करीकाे आरोपमा थप दुई चिनियाँ नागरिक पक्राउ

प्रहरीले ६० किलो सुन बरामद प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ गरेको छ। प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले गएराति उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको हो।

सुन तस्करी प्रकरणमा थप चारजना चिनियाँ नागरिक पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए।

सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय आयोग नबनाउने गठबन्धनको निर्णय

सत्तारुढ गठबन्धनले सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोग नबनाउने निर्णय गरेको छ।

राहुल महरा भन्छन्: कोही व्यक्तिसँग सम्पर्क हुँदैमा अपराधमा संलग्न हुँदैन

सोमबार सामाजिक सञ्जालमार्फत महराले कोही व्यक्तिसँग सम्पर्क हुदैमा, केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भन्नु गलत भएको बताएका हुन्।

ओलीले मागे प्रधानमन्त्रीको राजीनामा

करिब सय किलो सुन तस्करी प्रकरणमा न्यायिक छानबिन समिति बनाउन सरकारलाई दबाब परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्